‘अनलाइन गजल रस’काे २५ औँ शृंखला पूरा

‘अनलाइन गजल रस’काे २५ औँ शृंखला पूरा

Harish Joshi

@Mayur Times

२०७७ भदौ १७ गते बुधबार ११:५४

नेपाली साहित्य क्षेत्रमा जुनजुन विधाको जतिसुकै व्याख्या गरिएता पनि गजलको विधागत रुपमा छुटै अस्तित्व र पहिचान रहेको छ । मोतीरामको सयमदेखि सुरु भएको नेपाली गजलले आफूलाई साहित्यको फरक धारमा स्थापित गरिसकेको छ । कोरोनाको चपेटामा...

नेपाली साहित्य क्षेत्रमा जुनजुन विधाको जतिसुकै व्याख्या गरिएता पनि गजलको विधागत रुपमा छुटै अस्तित्व र पहिचान रहेको छ । मोतीरामको सयमदेखि सुरु भएको नेपाली गजलले आफूलाई साहित्यको फरक धारमा स्थापित गरिसकेको छ ।

कोरोनाको चपेटामा बिश्व नै थलिएको अवस्थामा बाहिर बातावरणमा कुनै पनि कार्यक्रमहरु गर्न सरल र सहज अवस्था छैन । लकडाउनलाई अवसरमा जोडेर प्रविधिको प्रयोग गर्दै धेरै संस्थाहरुले गजलसम्बन्धि अनलाइन कार्यक्रमहरु संचालन गर्दै आइरहेका छन् । कोरोनाको समयमा पनि विचलित नभएर साहित्यिक कार्यक्रम हुनु भनेको अन्त्यन्त गौरबको विषय हो । त्यसैले भनिएको होला जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्छन् कवि ।

नेपाल सरकारले विकास निर्माणको खोक्रो भाषण लगाएता पनि अहिलेको समयमा देशका धेरै भूभागमा सूचना र प्रविधिको विकास भएको छैन । तर पनि गजल विकासका लागि सुदुरको विकट हिमाली जिल्ला बझाङदेखि अनलाइन गजल रस कार्यक्रम निरन्तर चलिरहेको छ । नेट नभएको ठाउँमा पनि साहस गरेर अनलाइन गजल कार्यक्रम राख्नु चानचुने कुरा होइन । कार्यक्रम २६ औँ शृंखलामा पुगिसकेकाे छ । कार्यक्रम संयोजक हरिश कान्छो जोशी लगायत सम्पूर्ण टिमले गरेको यो कार्य नेपाली गजलको उत्थानको कडी बन्नेछ । संयोजक जोशीले आग्रह गर्दै भन्नुभयो, ‘सबैजना प्रियजनको साथ सहयोग माया र हौसलाले यहाँसम्म आइपुगेका छौ । यो साथ सदा सर्वदा पाउने विश्वास पनि लिएका छौँ ।’ अनलाइन गजल रसका संयोजक हरिश कान्छो जोशी लगायत सम्पूर्ण टिमलाई कार्य सफलताको शुभकामना ।

प्रकाशित मिति १७ भाद्र २०७७, बुधबार ११:५४
प्रतिक्रियाहरू