उत्तर कोरियाका नेता किम जोङउनकी पत्नी रि सोल-जु १ वर्षभन्दा बढी समयपछि पहिलो पटक सरकारी संचार माध्यममा देखा परेकी छिन। उनि आज उनका पतिको साथमा उत्तरकोरियाकै ठूलो पर्व मानिएको किमका पिता किमजोङ ईलको जन्म जयन्तीका अवसरमा आयोजित सांगितिक कन्सर्टमा सार्वजनिक भएकी हुन। उत्तर कोरियाको आधिकारिक समाचारपत्र रोदोङ सिनमुनले यी दुई जोडीको तस्बिर सार्वजनिक गरेको हो।
गत वर्षको जनवरीदेखि रि उनका पतिको साथमा कुनैपनि सार्वजनिक समारोहमा देखा परेकी थिईन। गत वर्ष नयाँ वर्षको विदामा आयोजित कार्यक्रममा यी दम्पति साथमा देखिएका थिए। पत्नी रि स्वास्थ्य अवस्थाका साथै गर्भवती भएकीले सार्वजनिक कार्यक्रममा उपस्थित नभएको हुन सक्ने अनुमान गरिएको छ। तर उत्तर कोरियाको राष्ट्रिय गुप्तचर सेवाले त्यँहाको संसदलाई कोरोना भाईरसको जोखिमबाट बच्न उनि बाहिरि गतिविधिमा सरिक नभएको तर उनि आफ्ना केटाकेटीहरुसाथ रहेको जानकारी गराएको छ। जङ-अनका सन्तानको संख्याबारे पनि अहिलेसम्म वास्तविक जानकारी छैन।
सन् २०१२ को गर्मीयामदेखि रि सोल-जु सार्वजनिक रुपमा देखिन थालेकी हुन्।
त्यसको केही समयपछि सरकारी सञ्चारमाध्यमले रि सोल-जु किम जङ-अनकी श्रीमती भएको बताउन थाले तर त्यसअघिको पनि उनको जीवन एउटा पहेली जस्तै छ। bbc
प्रकाशित मिति ५ फाल्गुन २०७७, बुधबार ११:४१