बुधबार डोजर लगाएर खुलामञ्चमा रहेका संरचना हटाइएको छ। खुलामञ्चमा टहराहरू र निर्माण सामग्री राखिएको थियो।
राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुननिर्माण कार्य सम्पन्न चरणमा पुगेकाले ती संरचना पुनर्निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई महानगरपालिकाले खुला गर्ने पहल सुरु गरेको हो। खुलामञ्च मात्रै होइन, महानगरपालिका क्षेत्र भित्रका अतिक्रमित सार्वजनिक जग्गालाई महानगरपालिकाले खोजी गरी पार्क बनाउने, खुला राख्ने जस्ता अभियान चलाएको छ। setopati
प्रकाशित मिति ५ फाल्गुन २०७७, बुधबार १०:५३