प्रधानमन्त्री लाई गालि गरेकाेे आराेपमा कङ्गेसका दुईजना प्रकाउ

प्रधानमन्त्री लाई गालि गरेकाेे आराेपमा कङ्गेसका दुईजना प्रकाउ

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण ४ गते मङ्गलबार ०६:५४

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अश्लील गालीगलौज गरेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको छ । प्रहरीले प्युठानमा सरकारविरुद्ध भएको प्रदर्शनमा प्रधानमन्त्री ओलीलाई अश्लील गालीगलौज गरेको भन्दै दुई जनालाई नियन्त्रणमा लिएको...

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अश्लील गालीगलौज गरेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको छ । प्रहरीले प्युठानमा सरकारविरुद्ध भएको प्रदर्शनमा प्रधानमन्त्री ओलीलाई अश्लील गालीगलौज गरेको भन्दै दुई जनालाई नियन्त्रणमा लिएको हो । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेता पुनराम खत्री र कार्यकर्ता सागर जिएम पक्राउ परेका हुन्।

उनीहरुले अश्लील नारा लगाएको भन्दै ठाडो निवेदन परेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, प्युठानले जनाएको छ । विद्यार्थी नेता खत्री अश्लील गाली नगरिएको बताएको जनाइएको छ ।
news24 मा समाचार छ

प्रकाशित मिति ४ फाल्गुन २०७७, मंगलवार १८:५४
प्रतिक्रियाहरू