चीनको केही रोचक तथ्यहरु

चीनको केही रोचक तथ्यहरु

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ १७ गते बुधबार ०९:३६

चीन (चीनियाँ 中国) अधिकारिक नाम जनवादी गणतन्त्र चीन (PRC) पूर्वी एसियामा अवस्थित देश हो । १.३ अरब मानिसहरूको साथ यो विश्वको सर्वाधिक जनसङ्ख्या भएको देश हो र ९६,४१,१४४ वर्ग किलोमीटर क्षेत्रफलको साथ यो रूस र क्यानाडा पछि विश्वको तेस्रो सबैभन्दा...

चीन (चीनियाँ 中国) अधिकारिक नाम जनवादी गणतन्त्र चीन (PRC) पूर्वी एसियामा अवस्थित देश हो । १.३ अरब मानिसहरूको साथ यो विश्वको सर्वाधिक जनसङ्ख्या भएको देश हो र ९६,४१,१४४ वर्ग किलोमीटर क्षेत्रफलको साथ यो रूस र क्यानाडा पछि विश्वको तेस्रो सबैभन्दा ठूलो क्षेत्रफल वाला देश हो। यति विशाल क्षेत्रफल भएको कारण यसको सीमानासँग जोडीने देशहरूको संख्या पनि विश्वमा सर्वाधिक (रूसको बराबर) छ, जो यस प्रकार छ (उत्तरबाट दक्षिण तर्फ): रूस, मंगोलिया, उत्तर कोरिया, भियतनाम, लाओस, म्यान्मार, भारत, भूटान, नेपाल, पाकिस्तान, अफ्गानिस्तान, ताजिकिस्तान, किर्गिस्तान, र कजाखिस्तान। उत्तर पूर्वमा जापान र दक्षिण कोरिया चीनको मुख्य भूमिबाट नजिकै छन ।

राष्ट्र नेपालको उत्तरको छिमेकी र अत्यान्त घनिष्ठ मित्र देश पनि हो। यस देशलाई जनवादी गणतन्त्र चीन भनिन्छ। तर सामन्यताया नेपालीमा चीन भनेर चनिन्छ। आम रूपमा हाल गणतन्त्र चिन भनेर चिनीने ताइवान समेतका सबैभाग बुझाएर नेपालीमा चीन भन्ने बुझिन्छ। जनवादी गणतन्त्र चीन विश्वमै सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो। यसको जनसङ्ख्या एक अर्व ३० करोड जती रहेको छ। जुन विश्वकै पांचभागको एक भाग भन्दा केही कम रहेको छ। चीनको राजधानी बेजीगं हो। १९४९ मा मावत्सेतुंगको नेतृत्वमा भएको चिनिया क्रान्ती पछि हाल यहा चिनीया कम्युनिष्ट पार्टीले एकदलीय प्रकारको शासन चलाई रहेको छ। तर कम्युनिस्टहरूको विजय संगै भागेर ताइवान टापुमा पुगेका कुवोमिन्तागं जसलाई पश्चिमा विश्वले सहयोग गरीरहेको छ। यिनिहरूसँग चिनले लामो समयदेखि विवादको सामना गरी रहनुपरेको छ।

संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको पांचमध्ये एक स्थायी सदस्य राष्ट्र चीन आणवीक शक्ति संपन्न राष्ट्र हो। चीन साङ्घाई सहयोग सङ्गठन, ब्रिक्स जी-२०, इन्टरनेसनल इन्भेस्टमेन्ट बैंक (IIB) र विश्व व्यापार संघटन (WTO)को सदस्य पनि हो । अत्यान्त द्रुत गतीमा आर्थिक विकास गरीरहेको चीनलाई उदयमान माहशक्ती मानीन्छ। यो देशको ग्राहस्थ उत्पादन प्रतिवर्ष १० प्रतिशत भन्दा छिटो बढीरहेको छ, जुन संसारकै लागि आश्चर्य भएको छ। द्रुत आर्थिक विकास गरीरहेको चिन त्यही गतीमा आर्थिक माहशक्तीमा रूपान्तरण भइरहेको छ। यस देशले सन २००६ मा इटालीलाई नाघेर ६ नं तथा सन २००७ मा फ्रान्स तथा बेलायतलाई नाघेर आफुलाई विश्वको ४ नं.र हाल (सन् २०१०) जापानलाई उछिनेर चीन अमेरिकापछि दोस्रो ठूलो अर्थतन्त्र बनेको छ। चिन संसारकै फलाम,कंक्रिट तथा पेट्रोलीयम पदार्थको ब्यापारको मुख्य खेलाडी हो।

१. चीन अहिले विश्व अर्थतन्त्रमा दोश्रो ठूलो देश हो यो सन १८२० मा चीन विश्व अर्थतन्त्रमा पहिलो राष्ट्र थियो ।

२. चीन अहिले विश्वमै प्रत्यक्ष वैदेशिक लगानी गर्ने प्रमुख राष्ट्र हो ।

३. चीनले अहिले संसारकै सबैभन्दा बढी व्यापारिक बस्तु निर्यात गर्छ ।

४. चीनमा कम्यूनिष्ट पार्टीको सरकार भएतापनि त्याहाको रोजगारी तथा आर्थिक बुद्धीको मूख्य जिम्बेवार नीजी क्षेत्रको छ ।

५. चीनमा सन १९७८ मा प्रतिब्याक्ति आय १५५ अमेरिकन डलर थियो सन २०१४ सम्म आउदा यो बढेर ७५९० अमेरिकन डलर पुग्यो र संसारका सबै देशहरु भन्दा बढी जनताहरुलाई गरिबीबाट माथी उठाउन सफल भएको थियो ।

प्रकाशित मिति १७ भाद्र २०७७, बुधबार ०९:३६
प्रतिक्रियाहरू