यी भमराको नेत्रमा जाम लागेको छ
बगैंचामा फूलको याम लागेको छ
लेखेको होला गुलाबी अधरले सायद
चिठीमा मुस्कानको खाम लागेको छ
पिठिउ मज्जासङ्ग सेक्नेछ यस धर्तीले
धेरै दिनको हुस्सु पछि घाम लागेको छ
मलामीको मात्र दिल छामेँ आगो लाग्दा
चिताको...
यी भमराको नेत्रमा जाम लागेको छ
बगैंचामा फूलको याम लागेको छ
लेखेको होला गुलाबी अधरले सायद
चिठीमा मुस्कानको खाम लागेको छ
पिठिउ मज्जासङ्ग सेक्नेछ यस धर्तीले
धेरै दिनको हुस्सु पछि घाम लागेको छ
मलामीको मात्र दिल छामेँ आगो लाग्दा
चिताको दिलमा नि निलडा लागेको छ
‘गगन’मा आँखा न झिम्काइकन हेर्दैछु
त्यहाँ तारा जूनको राम लागेको छ