रसियाले राख्याे नेपालमा रेल यातायातको क्षेत्रमा सहयोग गर्ने चाहना

रसियाले राख्याे नेपालमा रेल यातायातको क्षेत्रमा सहयोग गर्ने चाहना

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण ४ गते मङ्गलबार ११:३८

रसियाले नेपालको रेल यातायातको क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङसँग उसले रेलको क्षेत्रमा लगानी गर्ने जनाएको हो ।नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभ...

रसियाले नेपालको रेल यातायातको क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङसँग उसले रेलको क्षेत्रमा लगानी गर्ने जनाएको हो ।नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मन्त्री नेम्वाङसँग शिष्टाचार भेटवार्ता गर्दै रेलको विस्तारमा लगानी गर्न सकिने बताएको हो । रुसी रेलवे कम्पनीका तर्फबाट मन्त्रालयमा आशयपत्र बुझाएको छ ।

मन्त्री नेम्वाङले सोभियत युनियन विघटनपछि पछिल्लो समयमा दुई देशबीचमा समन्वय भएर कुनै काम नभए पनि सम्बन्ध सुमधुर रहेको बताउनुभयो । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन र यातायात सहज बनाउन मेट्रो रेलको आवश्यकता रहेको उहाँले बताउनुभयो । उहाँले हाल मेट्रो रेलको रेखाङ्कन, पूर्वसम्भाव्यता अध्ययन र केही खण्डको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयारी भइसकेको बताउँदै यी दस्तावेज रुसी पक्षलाई उपलब्ध गराउन तयार रहेको उल्लेख गर्नुभयो ।

News 24

प्रकाशित मिति ४ फाल्गुन २०७७, मंगलवार ११:३८
प्रतिक्रियाहरू