आज धुमधामसँग सरस्वती पूजा मनाइँदै यस्ता छन पूजा विधि

आज धुमधामसँग सरस्वती पूजा मनाइँदै यस्ता छन पूजा विधि

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण ४ गते मङ्गलबार ०४:२५

सरस्वती पूजा अर्थात श्रीपञ्चमी वा विद्या र सङ्गीतकी प्रतिरूप सरस्वतिको पुजा आराधना गरी मनाइने भएको छ।बसन्तपञ्चमीको दिनबाट क्रमशः वसन्त ऋतुको शुरुवात हुने मान्यता रहेको छ।ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई...

सरस्वती पूजा अर्थात श्रीपञ्चमी वा विद्या र सङ्गीतकी प्रतिरूप सरस्वतिको पुजा आराधना गरी मनाइने भएको छ।बसन्तपञ्चमीको दिनबाट क्रमशः वसन्त ऋतुको शुरुवात हुने मान्यता रहेको छ।ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भनिएको हो। वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्त श्रवण गर्ने परम्परा छ।एकपटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठरआठ दिनसम्म भेट गरेका थिए। पाँच ऋतुले गरी ४० दिन भेट गरेकाले वसन्त ऋतु सुरु हुने चैतकृष्ण प्रतिपदाभन्दा ४० दिनअघि माघ शुक्ल पञ्चमीकै दिन वसन्त पञ्चमी मनाउन थालिएको हो। यसै समयदेखि वसन्तराग गाउन थालिएको विश्वास छ।
संगीत कला साहित्य र विद्याकी खानी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ।सरस्वती पूजाकै दिन साना बालबालिकालाई अक्षरारम्भ गराइन्छ। सरस्वतीलाई महाविद्या महावाणी भारती वाक् शारदा आर्या ब्राह्मी कामधेनु वेदगर्भा धीश्वरी नामले समेत सम्बोधन गरिन्छ।श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी सदा मुस्कुराइरहेकी सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित भएकी चतुर्भुजा भएकी जसमध्ये पहिलो हातमा वीणा दोस्रोमा पुस्तक, तेस्रोमा स्फटिकको माला र चौथो हात अभय मुद्रामा रहेकी राजहंसमा सवार भएकी देवी सरस्वती हुन् भनी शास्त्रमा बताइएको छ।

विशेषगरी शैक्षिक संस्थामा विद्यार्थीले महत्वका साथ यो पर्व मनाउँछन्। सरस्वती पूजाको अवसरमा केहि विद्यालयमा बिदा समेत दिइएको छ।उपत्यकाका पशुपति जयवागेश्वरी स्वयम्भूको सरस्वतीस्थान, लाजिम्पाटको नील सरस्वती चाँगु फर्पिङ बल्खु हाँडीगाउँ, लेलेको सरस्वती मन्दिरमा पूजा एवम् दर्शन गर्नेको भीड लाग्दछ।भक्तपुरको हनुमन्ते खोलाको पूर्वपट्टि चौरमा सरस्वती बस्ने विश्वास गरिन्छ। ल्हासाबाट मूर्ति ल्याइएको यी सरस्वतीलाई नीलसरस्वती भनिन्छ । यस ठाउँमा श्रीपञ्चमीको अघिल्लो दिन सरस्वतीलाई तेल घस्न विद्यार्थीको भीड लाग्दछ।बौद्ध धर्मावलम्बीले पनि सरस्वतीलाई बोधिसत्व मञ्जुश्रीका रुपमा ज्ञानको प्रतीक मानेर पूजाआजा गर्छन्। यस दिन बिहानै भक्तिपूर्वक कलश स्थापना गरी पञ्चोपचारले गणेश सूर्य अग्नि विष्णु, शिव आदि देवताको पूजा गरी सरस्वतीको पूजा गरिन्छ।सरस्वतीलाई नैवेद्यका रुपमा नौनी दही दूध धानको लावा तिलको लड्डु नरिवलको जल मूला बयर बेल अदुवा अर्पण गरिन्छ।

प्रकाशित मिति ४ फाल्गुन २०७७, मंगलवार ०४:२५
प्रतिक्रियाहरू