यसरी गर्नुस बच्चाकाे दाँत काे सुरक्षा( स्वास्थ्य टिप्स)

यसरी गर्नुस बच्चाकाे दाँत काे सुरक्षा( स्वास्थ्य टिप्स)

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण ३ गते सोमबार ०३:०७

- दाँत मानव शरीरको एक महत्वुर्ण अंग हो । दाँतले खानेकुरालाई टुक्राएर पाचन प्रणालीमा पठाउने काम गर्दछ । दाँँतले सुन्दरतामा पनि प्रभाब पार्दछ । त्यसैले यसको सरसफाईमा बिशेष ध्यान दिनुपर्ने हुन्छ । दाँत स्वस्थ्य राख्नका लागी शिशु...

– दाँत मानव शरीरको एक महत्वुर्ण अंग हो । दाँतले खानेकुरालाई टुक्राएर पाचन प्रणालीमा पठाउने काम गर्दछ । दाँँतले सुन्दरतामा पनि प्रभाब पार्दछ । त्यसैले यसको सरसफाईमा बिशेष ध्यान दिनुपर्ने हुन्छ ।

दाँत स्वस्थ्य राख्नका लागी शिशु अवस्थादेखि नै सफा राख्नुपर्छ । आमाको दुधमा चिनिको कण हुन्छ । चिनी अथवा गुलियोलाई क्याभिटीको कारकतत्व पनि मानिन्छ । चिनीमा व्याक्टेरिया हुनाले क्याभिटी हुुन्छ । त्यही क्याभिटीका कारण दाँत किराले खान्छ ।

केहि अभिभाबकले शिशुको दाँत हुदैन भनेर गिजा सरसफाई नगरेको पाइन्छ । तर शिशुलाई हरेक पटक दुध खुवाएपछि नरम कपडा भिजाएर गिजा पुछिदिनुपर्छ । यसो गर्दा इन्फेक्सन हुदैंन र गिजा पनि बलियो भएर जान्छ ।

प्रायः सुगर पानी, गुलियो दूध लगायतका गुलियो पदार्थको लामो सेवन तथा धेरै समयसम्मको सेवनले बच्चाको दाँतमा क्याभिटी उत्पन्न हुन्छ ।

ठूलो मानिसको दाँतमा किरा लाग्दा जति घातक हुन्छ, बालबालिकाको दाँतमा किरा लाग्नु पनि उत्तिकै डरलाग्दो हुन्छ । त्यसको समयमै उपचार नभए गिजा पाक्न सक्छ । त्यसैगरी आँखा सुन्निने, अनुहार सुन्निने लगायतका समस्या देखा पर्न पर्छ । यस्तो बेला एन्टीबायोटिकले मात्र काम नगरी गिजा चिर्नु पर्ने जस्ता जटिलता उत्पन्न हुन सक्छ ।

बालबालिकाको दाँतमा आउनसक्ने समस्या र जटिलताबाट बचाउँनका लागी उमेर समुह अनुसार यसरी सरसफाई गरिदिनुपर्छ ।

दाँत आउनु अगाडि

नरम कपडा तथा सफा पानिले बिहानको पहिलो पटक स्तनपान गराएपछि र सुत्नु अगाडि गिजा पुछिदिनुपर्छ ।

दाँत आएपछि २ बर्षसम्म

नरम शिशु दाँत ब्रश र सफा पानीले बिहान बेलुका २ पटक सफा गरिदिने

२ देखि ३ बर्ष

नरम टुथब्रस र चामलको दाना जति फ्लोरिडेट टुथपेस्टले बिहान बेलुका २ पटक सफा गरिदिने

३ देखि ६ बर्ष

नरम टुथब्रस र केरउको गेडाजति फ्लोरिडेट टुथपेस्टले बिहान बेलुका २ पटक दाँत माझ्न लगाउने गर्नु पर्छ!एजेन्सि

प्रकाशित मिति ३ फाल्गुन २०७७, सोमबार १५:०७
प्रतिक्रियाहरू
यस्तो छ नरिवलको पानी पिउनुको आश्चर्यजनक फाइदा

यस्तो छ नरिवलको पानी पिउनुको आश्चर्यजनक फाइदा
२०७७ फाल्गुण १७ गते सोमबार ०६:३५

यस्ता छन् विवाहित महिलाको हिप बढ्नुका कारण

यस्ता छन् विवाहित महिलाको हिप बढ्नुका कारण
२०७७ फाल्गुण १५ गते शनिवार ०४:२३

स्वस्थानी ब्रत आज समापन गरिँदै

स्वस्थानी ब्रत आज समापन गरिँदै
२०७७ फाल्गुण १५ गते शनिवार ०७:३९

कस्ताे अवस्थामा गर्भनिराेधक विधि अपनाउने ?

कस्ताे अवस्थामा गर्भनिराेधक विधि अपनाउने ?
२०७७ फाल्गुण १४ गते शुक्रबार ०५:०३