आखिर किन पगालियाे त पशुुपतिनाथ मन्दिरमा ६४ किलो सुन ?

आखिर किन पगालियाे त पशुुपतिनाथ मन्दिरमा ६४ किलो सुन ?

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण ३ गते सोमबार ०७:०७

काठमाडौं । विवादकै बीच पशुपतिनाथको मन्दिरमा ६४ किलो सुन ल्याएर जलहरीमा पगालिएको छ । पशुपति क्षेत्र विकास कोषद्वारा दश कालीगढ खटाएर एक सय आठ किलो सुन पगालेर जलहरी बनाउने तयारी छ । अब बाँकी ४४ किलो सुन अर्को सातासम्म आइपुग्ने पशुपति...

काठमाडौं । विवादकै बीच पशुपतिनाथको मन्दिरमा ६४ किलो सुन ल्याएर जलहरीमा पगालिएको छ । पशुपति क्षेत्र विकास कोषद्वारा दश कालीगढ खटाएर एक सय आठ किलो सुन पगालेर जलहरी बनाउने तयारी छ । अब बाँकी ४४ किलो सुन अर्को सातासम्म आइपुग्ने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए ।

“पहिलो चरणको सुन ल्याइसकेका छौं । अहिले ल्याइएको ६४ किलो सुन पगालिएको छ,” उनले भने, ‘‘यसलाई कालीगढले आकार दिन थालिसकेका छन् । बाँकी रहेको सुन अर्को सातासम्म आइपुग्नेछ । त्यसलाई पनि पगालिनेछ ।” उनका अनुसार जलहरी निर्माणका लागि दश कालीगढ खटाइएको छ । आउँदो शिवरात्रिसम्म जलहरी राखिसक्ने योजना रहेको खतिवडाले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १२ गते चाँदीको जलहरीलाई सुनको जलहरीमा परिवर्तन गर्न निर्देशन दिएका थिए । सरकारका तर्फबाट ३० करोड रुपैयाँ दिने प्रतिबद्धता पनि प्रधानमन्त्री ओलीले जनाएका थिए । त्यहीअनुसारले कोषलाई काम अघि बढाउन निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनअनुसार कोषले जलहरीका लागि आवश्यक पर्ने एक सय आठ किलो सुन खरिद गर्न ८० करोड लाग्ने स्टिमेट तयार पारेको थियो । सरकारले ३० करोड दिने र बाँकी ५० करोड रुपैयाँ कोषले खर्च गर्ने भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । सरकार र कोषले राष्ट्र बैंकमा रुपैयाँ जम्मा गरेपछि जलहरी बनाउन सुन दिएको हो ।

प्रकाशित मिति ३ फाल्गुन २०७७, सोमबार ०७:०७
प्रतिक्रियाहरू