अझै बृहत आन्दाेलन गर्ने प्रचण्ड माधब समुहकाे तयारि हेर्नुस के हुँदै छ?

अझै बृहत आन्दाेलन गर्ने प्रचण्ड माधब समुहकाे तयारि हेर्नुस के हुँदै छ?

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण २ गते अाईतबार ११:५४

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आइतबार तेस्रो चरणको आन्दोलनको घोषणा गर्ने तयारी गरेको छ। प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा रहेको प्रचण्ड- नेपाल समूहले दिउँसो पत्रकार सम्मलेनमार्फत आन्दोलनको...

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आइतबार तेस्रो चरणको आन्दोलनको घोषणा गर्ने तयारी गरेको छ। प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा रहेको प्रचण्ड- नेपाल समूहले दिउँसो पत्रकार सम्मलेनमार्फत आन्दोलनको घोषणा गर्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए

उनका अनुसार दिउँसो २ बजे पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा पत्रकार सम्मलेनको आयोजना गरिएको छ। यसअघि यो समूहले माघ २८ गते राजधानीमा वृहत विरोध प्रदर्शन गरेको थियो।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ। एउटा समूहको नेतृत्व प्रधानमन्त्री केपी ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन्। दुवै पक्षले आधिकारिक नेकपा आफूहरु नै भएको दाबी गर्दै आएपनि निर्वाचन आयोगले भने आधिकारिकताको विवाद टुंगो लगाउन सकेको छैन ।

पछिल्ला दिनमा दुवै समूहमा शक्ति प्रदर्शनमा होडबाजी चलेको छ। प्रतिनिधिसभा विघटन मुद्दाको सर्वोच्च अदालतको संवैधानिक इजलाशमा सुनुवाइ भइरहेको छ। आइतबारदेखि रिट निवेदकका तर्फबाट जवाफी बहस सुरु भएको छ। अन्नपूर्ण दैनिकबाट

प्रकाशित मिति २ फाल्गुन २०७७, आईतवार ११:५४
प्रतिक्रियाहरू
फागुन २३ गते संसद बैठक बस्ने

फागुन २३ गते संसद बैठक बस्ने
२०७७ फाल्गुण १४ गते शुक्रबार ०८:०२

देउवालाई भेट्न किन पुुगेे त चिन र भारतका राजदुत ?

देउवालाई भेट्न किन पुुगेे त चिन र भारतका राजदुत ?
२०७७ फाल्गुण १४ गते शुक्रबार ०४:४६

ओलिले किन हटाएत प्रमुख सचेतक देब गुरुङलाई?

ओलिले किन हटाएत प्रमुख सचेतक देब गुरुङलाई?
२०७७ फाल्गुण १४ गते शुक्रबार ०३:३५