किन अन्य अंग तातो हुँदा पनि खुट्टा चिसै रहन्छ ?जान्नैपर्ने यि कुरा

किन अन्य अंग तातो हुँदा पनि खुट्टा चिसै रहन्छ ?जान्नैपर्ने यि कुरा

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण १ गते शनिवार ०३:०३

खुट्टा चिसो रहनुको सामान्य कारण कम तापक्रम वा एन्जाइटी हो । सामान्यतया चिसो मौसममा शरीरका अन्य भाग ताते पनि अधिकांशले खुट्टा चिसो रहेको महसुस गर्छन् । विशेषगरी खुट्टा र नाकजस्ता अंगमा धेरै चिसो महसुस हुन्छ । शरीरले तापक्रम...

खुट्टा चिसो रहनुको सामान्य कारण कम तापक्रम वा एन्जाइटी हो ।

सामान्यतया चिसो मौसममा शरीरका अन्य भाग ताते पनि अधिकांशले खुट्टा चिसो रहेको महसुस गर्छन् ।

विशेषगरी खुट्टा र नाकजस्ता अंगमा धेरै चिसो महसुस हुन्छ ।

शरीरले तापक्रम व्यवस्थापनका लागि रक्तसञ्चार कम गरेर अन्य ठूला अंगहरूका लागि तापक्रम बचाएर राख्छ ।

यही कारण यस्ता अंगमा रक्तसञ्चार कम हुँदा अक्सिजनको तह घटेर जान्छ, जसले गर्दा खुट्टामा चिसो महसुस गराउँछ ।

खुट्टा चिसो हुने कारण तापक्रम मात्र नभई अन्य रोगको लक्षण पनि हुन सक्छ ।

कतिपयमा खुट्टा चिसो रहने समस्यासँगै छालाको रङमा परिवर्तन आउने, छालाले केही पनि महसुस नै नगर्ने, जोर्नी दुख्ने, मांसपेशी दुख्ने, कमजोर हुने, घाँटीमा समस्या आउनेजस्ता लक्षण पनि देखिइरहेका हुन्छन् ।

अर्थात् खुट्टा चिसो हुने समस्या अन्य रोगको लक्षण पनि हुन सक्छ ।

एनिमिया
शरीरमा आइरनको कमी हुुँदा पनि खुट्टा चिसो हुने हुन्छ ।

आइरनले शरीरमा हेमोग्लोबिन बनाउन मद्दत गर्छ, जसले शरीरमा अक्सिजन परिपूर्तिमा पनि सहज हुने हुँदा शरीरका सबै भागमा सहज आपूर्ति हुन्छ ।

शरीरमा आइरनको कमी हुँदा हेमोग्लोबिनको पनि कमी हुने हुँदा सबै अंगमा अक्सिजनको आपूर्ति कम हुन्छ, जसले गर्दा खुट्टा चिसो हुने गर्छ ।

सामान्यतया पुरुषको तुलनामा महिलामा एनिमियाका कारण खुट्टा चिसो हुने समस्या बढी हुने गरेको पाइन्छ ।

मधुमेह
मधुमेहको समस्या भएका व्यक्तिमा खुट्टाको अल्सर हुने जोखिम हुन्छ ।

अध्ययनअनुसार यस्ता व्यक्तिमा खुट्टामा असामान्य दुखाइ हुने, चिसो भइरहने, पेट दुख्ने, खुट्टामा अन्य सेन्सेसन महसुस हुने वा दुखाइ भइरहने हुन्छ ।

यो हाइपर ग्लेमेसियाका कारणले हुने गर्छ । जसले खुट्टाको कोषिकामा असर पार्ने हँुदा मांसपेशी कमजोर बनाउने र पैतालामा हुने साना कोषिकामा दुखाइ उत्पन्न गराउँछ ।

चिसो मौसम
स्वस्थ व्यक्तिमा खुट्टा चिसो हुनुको मुख्य कारण चिसो मौसम मात्रै हो ।

सामान्यतया शरीरको तापक्रम ९८.६ डिग्री फरेनहाइटभन्दा तल झर्छ, हाइपोथालेमसले मुटु, दिमाग, फोक्सो र अन्य महत्वपूर्ण अंगका लागि तापक्रम बचाउन खुट्टामा कम तापक्रम पठाउँछ ।

धेरै चिसो महसुस हँुदा खुट्टामा रक्तसञ्चार बिस्तारै बन्द हुन्छ जसले गर्दा चिसो महसुस हुने वा बिस्तारै महसुस गर्न नसकिने हुँदै जान्छ ।

हाइपोथाइराडिजम
हाइपोथाइराडिजम अर्थात् थाइराडिजम हर्मोनको अपर्याप्त उत्पादनले शरीरमा समस्या उत्पन्न गराउँछ ।

जसले शरीरको तापक्रममा पनि प्रभाव पारिरहेको हुन्छ ।

थाइराइड हर्मोनले स्नायुप्रणालीसँग नजिक रहेर काम गर्छ, जसले शरीरको तापक्रम पनि व्यवस्थित गर्छ ।

शरीरमा थाइराइड हर्मोनको कमी हँुदा छालामा रक्तसञ्चारको माध्यमबाट तापक्रम घट्छ, जसका कारण खुट्टा लामो समयसम्म चिसो रहन्छ ।

एक्युट स्ट्रेस
मनोवैज्ञानिक कारण, जस्तै अत्यधिक तनाव वा एन्जाइटीले पनि शरीरको तापक्रममा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ ।

जसले गर्दा खुट्टा चिसो रहने हुन्छन् । जस्तै तनावले रगतमा एड्रेनालाइन हर्मोन पठाउँछ, जसले गर्दा हात वा खुट्टामा रगत प्रवाह कम हुन्छ ।

योसँगै खुट्टा चिसो हुने विभिन्न कारण रहेको पाइन्छ ।

विभिन्न अध्ययनहरू अनुसार धुम्रपान, शरीरमा कोलेस्ट्रोलको मात्रा धेरै हुनु, गर्भावस्था, औषधिको प्रयोग आदिका कारण पनि लामो समयसम्म खुट्टा नतात्ने समस्या हुन सक्छ ।

एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति १ फाल्गुन २०७७, शनिबार १५:०३
प्रतिक्रियाहरू