प्रेम अर्थात मन परेको व्यक्तिप्रतिको आर्कषण वा सद्भावको भावना हो । प्रेम अभिव्यक्त गर्ने अनेकौं माध्यम मध्ये एक हो गुलाफको फूल दिएर आफ्नो भावना व्यक्त गर्नु ।
रातो गुलाफ प्रेमको प्रतिकको रुपमा मानिन्छ । प्रेम दर्शाउन सबैभन्दा बढी रातो रंगको गुलाफ दिने चलन छ । यदि कसैले तपाईंलाई रातो गुलाफ दियो भने यसले उ तपाईलाई प्रेम गर्छ भन्ने दर्शाउँछ । रातो गुलाफको आदान–प्रदान हुनुको अर्थ दुवै पक्षबीच प्रेम छ भन्ने हो । यो संगै रातो गुलाफ क्षमताको प्रतिकका रुपमा पनि मानिन्छ ।
प्रकाशित मिति १ फाल्गुन २०७७, शनिबार १३:४३