आफु रिहा भएसँगै झाँक्रीले दिइन यस्ताे प्रतिक्रिया

आफु रिहा भएसँगै  झाँक्रीले  दिइन यस्ताे प्रतिक्रिया

मयूर टाइम्स

@Mayur Times

२०७७ माघ ३० गते शुक्रबार ०९:२२

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी ्आ््फ्नो रिहा भएसँगै प्रतिगमन झुकेको बताएकी छन् । बिहीबार दिउँसो १ बजे आफ्नै निवास काठमाडौंको शंखमुलबाट पक्राउ परेकी झाँक्रीले साँझ रिहा भएपछि यस्तो बताएकी हुन् । उनले आफ्नो गिरफ्तारी...

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी ्आ््फ्नो रिहा भएसँगै प्रतिगमन झुकेको बताएकी छन् ।

बिहीबार दिउँसो १ बजे आफ्नै निवास काठमाडौंको शंखमुलबाट पक्राउ परेकी झाँक्रीले साँझ रिहा भएपछि यस्तो बताएकी हुन् । उनले आफ्नो गिरफ्तारी गरेपछि देशभरबाट भएको दबाबलाई सरकारले थेग्न नसकेको बताइन् ।

‘यहाँ केही कुरा भएन । देशव्यापी दबाबको अगाडि प्रंतिगमन झुक्ने प्रक्रिया सुरु भएको छ, साथीहरु’ नेतृ झाँक्रीले भनिन्, ‘हामीले जित्दै छौँ । त्यसका लागि यहाँ कुनै शर्त नामाको कुरा होइन । म बिना–शर्त निस्किएकी छु ।’

झाँक्रीले महाशाखामा आफूलाई सोधपुछका लागि उच्च राजनीतिक नेतृत्वको दबाबमा प्रहरीले ल्याएकोसमेत प्रष्ट पारेकी छन् । ‘मलाई अपराध महाशाखामा शोधपुछका लागि ल्याइएको थियो । यहाँ मेरोविरुद्ध कुनै जाहेरी दर्ता भएको थिएन’, उनले भनिन् , ‘राजनीतिक प्रतिशोधका आधारमा सरकारले प्रहरी प्रशासनमा प्रत्यक्ष दबाब बढाएर नियन्त्रणमा लिने प्रयास गरेको रहेछ ।’

उनले प्रतिगमनविरुद्धको आन्दोलनमा देशव्यापी रुपमा आफ्नो उपस्थिति देखाएर आन्दोलनलाई उचाईमा पुर्याउने प्रयास गर्दा राज्यले गिरफ्तारी गरेको उनको आरोप छ ।

स्राेत .हिमालि पत्रिका

प्रकाशित मिति ३० माघ २०७७, शुक्रबार ०९:२२
प्रतिक्रियाहरू