कफी खानुकाे यस्ताे छ अपत्यारिला फाइदा

कफी खानुकाे यस्ताे छ अपत्यारिला फाइदा

मयूर टाइम्स

@Mayur Times

२०७७ माघ २९ गते बिहिबार ०८:४२

दैनिक एक कप ब्ल्याक कफीले हार्ट फेलको खतरा १२ प्रतिशतसम्म घटाउँछ । २१ हजार मानिसहरु भएको अनुसन्धानपछि यो आँकडा जारी गरिएको हो । अनुसन्धानका अनुसार कफीमा भएको एन्टिअक्सिडेन्टले शरीरमा हुने इन्फ्लेमेसन अथवा शरीर सुन्निने समस्या...

दैनिक एक कप ब्ल्याक कफीले हार्ट फेलको खतरा १२ प्रतिशतसम्म घटाउँछ । २१ हजार मानिसहरु भएको अनुसन्धानपछि यो आँकडा जारी गरिएको हो । अनुसन्धानका अनुसार कफीमा भएको एन्टिअक्सिडेन्टले शरीरमा हुने इन्फ्लेमेसन अथवा शरीर सुन्निने समस्या कम गर्छ, त्यसैले भविष्यमा हृदयघात हुने खतरा घट्ने गर्छ ।

अमेरिकन हार्ट असोसिएशन जर्नलमा प्रकाशित रिपोर्ट अनुसार अनुसन्धानमा समावेश कोलोराडो स्कूल अफ मेडिसिनका प्राध्यापक डेविड काओ भन्छन्, ‘धेरैजसो मानिसहरुले सोच्छन् कि कफी र क्याफिन मुटुका लागि खराब हुन्छन् किनभने यसले रक्तचाप बढाउँछ । तर नयाँ अनुसन्धानका अनुसार कफीले हृदयघात हुने खतरा घटाउँछ । यो खतरा घटाउनका लागि मानिसले आफूलाई धुम्रपानबाट टाढा राख्नुपर्छ ।’

अमेरिकी वैज्ञानिकले यो अनुसन्धानमा २१ हजार मानिसको डाटा जम्मा गरे । दैनिक ०,१,२ र ३ कप कफीपछि यसको असर हेरियो । अमेरिकन कलेज अफ कार्डियोलोजीकी एक अनुसन्धाता भन्छिन्, ‘दैनिक ३ कप कफी पिउनुहुन्छ भने हार्ट पल्पिटेशनको खतरा १३ प्रतिशतसम्म कम हुन्छ ।’

एजेनसीकाे सहयाेगमा

प्रकाशित मिति २९ माघ २०७७, बिहीबार २०:४२
प्रतिक्रियाहरू
यस्तो छ नरिवलको पानी पिउनुको आश्चर्यजनक फाइदा

यस्तो छ नरिवलको पानी पिउनुको आश्चर्यजनक फाइदा
२०७७ फाल्गुण १७ गते सोमबार ०६:३५

यस्ता छन् विवाहित महिलाको हिप बढ्नुका कारण

यस्ता छन् विवाहित महिलाको हिप बढ्नुका कारण
२०७७ फाल्गुण १५ गते शनिवार ०४:२३

स्वस्थानी ब्रत आज समापन गरिँदै

स्वस्थानी ब्रत आज समापन गरिँदै
२०७७ फाल्गुण १५ गते शनिवार ०७:३९

कस्ताे अवस्थामा गर्भनिराेधक विधि अपनाउने ?

कस्ताे अवस्थामा गर्भनिराेधक विधि अपनाउने ?
२०७७ फाल्गुण १४ गते शुक्रबार ०५:०३