नारायणकाजी श्रेष्ठले ऋषि धमलालाई मञ्चबाटै किन थर्काए त ? कारण यस्ताे रहेछ

नारायणकाजी श्रेष्ठले  ऋषि धमलालाई मञ्चबाटै किन थर्काए त ? कारण यस्ताे रहेछ

मयूर टाइम्स

@Mayur Times

२०७७ माघ २८ गते बुधबार १०:३५

नेकपा प्रचण्ड–माधव समूहका प्रवक्ता तथा नेता नारायणकाजी श्रेष्ठले पत्रकार ऋषि धमलालाई मञ्चबाटै थर्काएका छन् । बुधबार समूहले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको प्रतिगमनविरुद्धको सभालाई सम्बोधन गर्नेक्रममा नेता श्रेष्ठले...

नेकपा प्रचण्ड–माधव समूहका प्रवक्ता तथा नेता नारायणकाजी श्रेष्ठले पत्रकार ऋषि धमलालाई मञ्चबाटै थर्काएका छन् । बुधबार समूहले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको प्रतिगमनविरुद्धको सभालाई सम्बोधन गर्नेक्रममा नेता श्रेष्ठले धमलालाई भने, ‘ऋषि धमला जी तपाइँ चुप लागेर बस्नुस् ।’ पत्रकार धमलाले नेता श्रेष्ठले सम्बोधन गरिरहेकै बेला मञ्च अगाडि कार्यकर्ताको अन्र्तवार्ता लिन थालेपछि नेता श्रेष्ठले चुप लागेर बस्न आग्रह गरेका हुन् ।
भाषण अन्यत्र मोडेको झोकमा नेता श्रेष्ठले मञ्चअगाडि हल्ला गरिरहेको धमलालगायतलाई चुप लाग्न र कार्यक्रम सकेपछि अन्र्तवार्ता वा बाइट लिन आग्रह गरेपछि नेता श्रेष्ठले आफ्नो भाषण अगाडि बढाए ।

प्रकाशित मिति २८ माघ २०७७, बुधबार २२:३५
प्रतिक्रियाहरू