गजल – अभिषेक सापकाेटा

गजल – अभिषेक सापकाेटा

अभिषेक सापकाेटा

@अभिषेक सापकाेटा

२०७७ माघ २७ गते मङ्गलबार ०७:५२

समयको खुसीसँगै चुपचापसँग रमाउनु छ पाइलैपिच्छे दुस्मनी छ सबलाई आफ्नो बनाउनु छ नआउनु आँधी तूफान नआउनु बादल तिमी जान्छु भन्छ प्यारो मान्छे हाँसीहाँसी पठाउनु छ घरदेखि घाटभन्दा टाढा कतै पुग्नु छैन केही छैन पाउनु पनि भएजति गुमाउनु...

समयको खुसीसँगै चुपचापसँग रमाउनु छ
पाइलैपिच्छे दुस्मनी छ सबलाई आफ्नो बनाउनु छ

नआउनु आँधी तूफान नआउनु बादल तिमी
जान्छु भन्छ प्यारो मान्छे हाँसीहाँसी पठाउनु छ

घरदेखि घाटभन्दा टाढा कतै पुग्नु छैन
केही छैन पाउनु पनि भएजति गुमाउनु छ

ती जुन हुन् बाबु कहिल्यै हाम्रा हुँदैनन्
हरेक रात आकाश हेरेर चित्त बुझाउनु छ

प्रकाशित मिति २७ माघ २०७७, मंगलवार १९:५२
प्रतिक्रियाहरू
प्रमोद भण्डारी (हालत खराब) का चार मुक्तक

प्रमोद भण्डारी (हालत खराब) का चार मुक्तक
२०७७ फाल्गुण १४ गते शुक्रबार १०:४२

प्रेमहीन प्रेम दिवसका गुलावहरू

प्रेमहीन प्रेम दिवसका गुलावहरू
२०७७ फाल्गुण ५ गते बुधबार ०७:४४

गजल – गगन चुम्बन

गजल – गगन चुम्बन
२०७७ फाल्गुण ४ गते मङ्गलबार ०२:५०