अस्ट्रेलियामा अस्तायाे मेलेम्चीकाे चहिकलाे तारा

अस्ट्रेलियामा अस्तायाे मेलेम्चीकाे चहिकलाे तारा

मयूर टाइम्स

@Mayur Times

२०७७ माघ २७ गते मङ्गलबार ०४:४३

अस्ट्रेलियाको मेलबर्नमा एक नेपाली युवा विद्यार्थी मृ’त भेटिएका छन् । रिजर्भोयरमा क्षेत्र दुई दिनको लागि एयर विएनवी मार्फत भाडामा लिएको कोठामा मृ’त फेला परेका हुन् । नेपालमा सिन्धुपाल्चोक, मेलम्चीमा घर भएका र मेलबर्नको रक्सवर्गपार्कमा...

अस्ट्रेलियाको मेलबर्नमा एक नेपाली युवा विद्यार्थी मृ’त भेटिएका छन् । रिजर्भोयरमा क्षेत्र दुई दिनको लागि एयर विएनवी मार्फत भाडामा लिएको कोठामा मृ’त फेला परेका हुन् । नेपालमा सिन्धुपाल्चोक, मेलम्चीमा घर भएका र मेलबर्नको रक्सवर्गपार्कमा कोठा लिई बसोबास गर्ने कौसल खतिवडा होटेलको कोठामा मृ’त भेटिएका हुन् । मेलबर्नमा उनको कोही आफन्त नभएको बताइएको छ । फेब्रुअरी २ तारिख, मध्यान्ह १२ः२० बाथरुममा मृ’त फेला परेका थिए ।

भिक्टोरिया प्रहरीले घ’टनास्थल शंकास्पद नदेखिएको र आ’त्मह’त्याको आशंका गरिएको परिवारलाई जानकारी दिएको छ ।प्रहरीले शवको पहिचानका लागि बोलाउँदा मात्रै आफुले घ’टनाबारे जानकारी पाएको उनीसँगै बस्दै आएका अर्का एक विद्यार्थीले जानकारी दिए । उनले भने, “हामी काममै व्यस्त हुन्थ्यौं । पढाईमै व्यस्त हुन्थ्यौं । कूल पाँच जना बस्ने हामीहरुमध्ये खाना बनाउने पालो पालो हुन्थ्यो । त्यसदिन सबैजना बाहिर नै खाने भएपछि खासै वास्ता भएन ।”

एनआरएन भिक्टोरियाका संयोजक प्रेम कँडेलका अनुसार कूल पाँच जना विद्यार्थी सँगै बस्ने गरेका थिए । यो दुर्घ’टनापछि प्रहरीले नेपालको सिन्धुपाल्चोक, अभिभावकहरुलाई सम्पर्क गरेको थियो । अभिभावकहरुले गैरआवासीय नेपाली संघलाई आफ्नो छोराको श’व नेपाल पठाउने कार्यमा सहयोग गर्न आग्रह गरेका छन् ।संयोजक कँडेलले उनको श’वलाई पोष्टमार्टम लगायतको प्रक्रिया सकिएपछि नेपाल पठाउने तयारी गरिएको जानकारी दिए । स्रोत – एम एन टिभी

प्रकाशित मिति २७ माघ २०७७, मंगलवार १६:४३
प्रतिक्रियाहरू