महिनावारी रोक्ने औषधिको प्रयोग गर्न हुने ,नहुने जानौं

महिनावारी रोक्ने औषधिको प्रयोग गर्न हुने ,नहुने जानौं

मयूर टाइम्स

@Mayur Times

२०७७ माघ २६ गते सोमबार ११:०५

धेरैजसो महिलाले महिनावारी रोक्ने औषधि आफुखुशि प्रयोग गर्दै आइरहेका पाइन्छन् । यसरी प्रयोग गर्दा विभिन्न समस्य देेेेखिन्छ । परम्परात मान्यता अनुसार मासिक स्राव ,महिनावारीलाई बार्ने चलन छ । हाम्रो समाजमा महिनावारी भएको ५ वा ७...

धेरैजसो महिलाले महिनावारी रोक्ने औषधि आफुखुशि प्रयोग गर्दै आइरहेका पाइन्छन् । यसरी प्रयोग गर्दा विभिन्न समस्य देेेेखिन्छ । परम्परात मान्यता अनुसार मासिक स्राव ,महिनावारीलाई बार्ने चलन छ । हाम्रो समाजमा महिनावारी भएको ५ वा ७ दिन सम्म एक अलग स्थानमा बस्ने गरिन्छ । साथै उनिहरुलाई भान्सा लगायत धार्मिक क्रियाकलाप र चाडपर्वमा सहभागी हुन दिइदैन ।

आफ्नो परिवारमा केहि धार्मिक क्रियाकलाप पुजा, श्राद्ध, चाडपर्वमा संलग्न हुनका लागी धेरैजसो महिलाले फार्मेसि वा क्लिनिकमा गएर महिनावारी रोक्ने औषधि खाने गर्छन् ।

महिनावारी रोक्ने औषधि खान मिल्छ तर चिकित्सकको सल्लाह अनुसार खानुपर्ने हुन्छ । महिनावारी रोक्नका लागी महिनावारी भएको कती समय भयो, कुन महिनाको महिनावारी कति दिनका लागी रोक्ने त्यहि अनुसार कुन हर्मोन दिने छनोट गरी हर्मोनको समायोजन गर्नुपर्छ । यो प्रक्रृयाबाट महिनावारी रोकेमा अर्को पटक केहि जटिलताहरु आउँदैन ।

धेरैजसो महिलाले महिनावारी रोक्ने औषधि जथाभावि रुपमा प्रयोग गर्दै आइरहेका छन् । उनिहरु आफन्तको विवाह धार्मिक पुजा वा चाडपर्वमा महिनावारी नहुनका लागी यस्ता औषधिको प्रयोग गरेका हुन्छन् । यो औषधिको जथाभावि प्रयोगले अर्को पटक महिनावारी हुदाँ अत्याधिक रगत बग्ने वा महिनावारी भएको १५ दिनसम्म पनि रगत बगिरहने हुन्छ । साथै महिनावारी भएको १५ दिनमा नै अर्को महिनावारी हुने समस्या उत्पन्न हुनसक्ने उनले बताइन् ।

त्यसैले महिनावारी रोक्ने औषधि प्रयोग गर्नुअघि चिकित्सकको परामर्श लिनु पर्छ ।

एजेन्सीकाे सहयाेगमा

प्रकाशित मिति २६ माघ २०७७, सोमबार ११:०५
प्रतिक्रियाहरू