सुखी नेपाली, समृद्ध नेपाल’ काे नारा आफ्नाे रहेकाे झलनाथको दावी

सुखी नेपाली, समृद्ध नेपाल’ काे नारा आफ्नाे रहेकाे झलनाथको दावी

मयूर टाइम्स

@Mayur Times

२०७७ माघ २६ गते सोमबार ०५:१९

सुखी नेपाली समृद्ध नेपाल’ को नारा आफूले तय गरेकाे नेकपा वरिष्ठ नेता झलनाथ खनालले ‘गरेको बताएका छन् । उनले नवौं महा धिवेशनमा आफूले यो नारा बनाएको जानकारी दिए। २०७१ को असारमा काठमाडौंको भृकुटी मण्डपमा भएको तत्कालिन नेकपा एमालेको...

सुखी नेपाली समृद्ध नेपाल’ को नारा आफूले तय गरेकाे नेकपा वरिष्ठ नेता झलनाथ खनालले ‘गरेको बताएका छन् । उनले नवौं महा धिवेशनमा आफूले यो नारा बनाएको जानकारी दिए। २०७१ को असारमा काठमाडौंको भृकुटी मण्डपमा भएको तत्कालिन नेकपा एमालेको नवौं महाधिवशेनमा आफूले पेश गरेको राजनीतिक प्रतिवेदनमा यो विषय उल्लेख गरेको खनालले दाबी गरे।

‘नवौं महाधिवेशनको राजनीतिक दस्तावेज मैले नै लेखेको हुँ । कम्युनिष्ट आन्दोलन सुरू भएको ७० वर्ष पुग्न लाग्दै गर्दा अबको नारा के तय गर्ने भन्ने मलाई लागेको थियो,’ उनले भने, ‘जनवादी क्रान्ति सम्पन्न भइसकेको अवस्था छ । त्यसैले अब कम्युनिष्ट पार्टी स्थापनाको शताब्दी पुग्दा सुखी नेपाली, समृद्ध नेपालीको एजेण्डा लिएर त्यसलाई सम्पन्न गर्नुपर्छ भनेर यो नारा तय भएको हो।’

२०६५ सालमा बुटवलमा भएको आठौं महाधिवेशनमा तत्कालिन एमालेको अध्यक्षमा निर्वाचित खनालले नवौं महाधिवेशनका लागि तयार पारेको राजनीतिक दस्तावेजमा यो नाराले ठाउँ पाएको थियो । आठौं महाधिवेशनमा ओलीलाई हराएका खनाल नवौं महाधिवेशनमा ओली अध्यक्षमा निर्वचित हुँदा तटस्थ बसेका थिए। नवौं महाधिवेशनले तय गरेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारालाई पार्टी एकतापछि पनि निरन्तरता दिइएको खनालले बताए।

सेतोपाटीबाट

प्रकाशित मिति २६ माघ २०७७, सोमबार ०५:१९
प्रतिक्रियाहरू
फागुन २३ गते संसद बैठक बस्ने

फागुन २३ गते संसद बैठक बस्ने
२०७७ फाल्गुण १४ गते शुक्रबार ०८:०२

देउवालाई भेट्न किन पुुगेे त चिन र भारतका राजदुत ?

देउवालाई भेट्न किन पुुगेे त चिन र भारतका राजदुत ?
२०७७ फाल्गुण १४ गते शुक्रबार ०४:४६

ओलिले किन हटाएत प्रमुख सचेतक देब गुरुङलाई?

ओलिले किन हटाएत प्रमुख सचेतक देब गुरुङलाई?
२०७७ फाल्गुण १४ गते शुक्रबार ०३:३५