शुक्रबार तोलामा ९० हजारमा कारोबार भएको सुनको मूल्य आज ६ सय रुपैंयाले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले दिएको जानकारी अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार ६ सय निर्धारण गरिएको छ भने तेजावी सुनको मूल्य...
शुक्रबार तोलामा ९० हजारमा कारोबार भएको सुनको मूल्य आज ६ सय रुपैंयाले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले दिएको जानकारी अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार ६ सय निर्धारण गरिएको छ भने तेजावी सुनको मूल्य ९० हजार १५० निर्धारण भएको छ ।
सुनको मूल्य उकालो लाग्दा चाँदीको मूल्य पनि केही मात्रामा बढेको छ ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य १ हजार ३१० निर्धारण भएको छ । यो मूल्य शुक्रबार १ हजार २९० कायम भएको थियो