मनकामनाकाे दर्शन गर्दै जान्नुहाेस तपाईंको आज

मनकामनाकाे दर्शन गर्दै जान्नुहाेस तपाईंको आज

मयूर टाइम्स

@Mayur Times

२०७७ माघ २५ गते अाईतबार ०४:२२

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) यो साता दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । साताको मध्यबाट मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । रमाईलो यात्रा र पुनर्मिलनको...

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । साताको मध्यबाट मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । रमाईलो यात्रा र पुनर्मिलनको योग पनि रहेको छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । शुभ समाचार सुन्न पाइएला । मित्र जनबाट साथ सहयोग मिल्ने देखिन्छ । व्यवसायका लागि यात्राको सम्भावना छ । धार्मिक/सांस्कृतिक सभा समारोहमा सरिक हुने अवसर मिल्नेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता आतिथ्यपूर्ण सम्मान पाइएला । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । धार्मिक/सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । मध्य सातामा आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता आर्थिक वृद्धिका साथै सामाजिक कार्यमा विशेष अभिरुचि रहनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । शेयर बजार या कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता मित्रबाट विशेष सहयोग मिल्नेछ । सुन्दर पहिरनले ब्यक्तित्त्वमा निखारता ल्याउनेछ । ढिलै भए पनि काम सम्पन्न हुनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । साताको अन्त्यमा अनावश्यक र दिक्कलाग्दो यात्रा हुन सक्छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता शुभकार्यको चर्चा चल्नेछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । मध्य साताबाट लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सपना पनि प्रतिकूल देखिन सक्छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता समाजसेवामा मन लाग्नेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्ने र मन प्रसन्न रहनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । बुधवारबाट कामहरु अधुरै रहलान् । लगानी डुव्ने भय छ अतः सचेत रहनु होला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ । मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ । अभिभावकको सुझावले उचाइमा पुर्‍याउन सहयोग गर्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । मध्य सातामा बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो हप्ता सोचेभन्दा बढी मेहनत गरेर थोरैमात्रै सफलता प्राप्त गर्न सकिएला । अनावश्यक धन खर्च भई मानसिक चिन्ता वढ्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ, तर मध्य साताबाट शुभकार्यको चर्चा चल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता मकर राशी हुनेहरूका लागि आँटेको र ताकेको कार्य पूरा होला । बोलीको भरमा कार्य सम्पादन हुनेछ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ अत: भाग्यले विभिन्न अवसर जुराउनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मायाँ गरेको मानिसबाट उपाहार प्राप्तिको योग रहेको छ । मनोरञ्जनमा सहभागीता भइएला । वैदेशिक क्षेत्रमा गरिएका कार्यले अन्ततः फाइदा नै पुर्‍याउनेछ । कलकारखाना र बन्दव्यापारमा पनि फाइदा हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता रोकिएका अधूरा कार्य पुन: प्रारम्भ गर्न सकिएला । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । शैक्षिक क्षेत्र र प्राविधिक काम पनि सहजै सम्पन्न हुनेछ ।

प्रकाशित मिति २५ माघ २०७७, आईतवार ०४:२२
प्रतिक्रियाहरू