जनकपुरमा तनावग्रस्त प्रहरीले चलायो गोली

जनकपुरमा तनावग्रस्त प्रहरीले चलायो गोली

मयूर टाइम्स

@Mayur Times

२०७७ माघ २२ गते बिहिबार ०४:२२

जनकपुरमा प्रहरीले गाेली चलाएकाे नेकपा प्रचण्ड - नेपाल शमूहले आरोप लगाएका छन् । नेकपा प्रचण्ड - नेपाल शमूहले गरेकाे अाम हड्तालमा प्रहरीले गाेली चलाएकाे केन्दिय सदस्य विष्णु रिजालले अाराेप लगाएका हुन् । प्रहरीसँगको झडपमा नेकपा...

जनकपुरमा प्रहरीले गाेली चलाएकाे नेकपा प्रचण्ड – नेपाल शमूहले आरोप लगाएका छन् । नेकपा प्रचण्ड – नेपाल शमूहले गरेकाे अाम हड्तालमा प्रहरीले गाेली चलाएकाे केन्दिय सदस्य विष्णु रिजालले अाराेप लगाएका हुन् ।

प्रहरीसँगको झडपमा नेकपा दाहाल नेपाल समूहका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री रामचन्द्र झा घाइते भएका छन्।

बजार बन्द गराउन जनकपुरधामको शिवचोक पुगेका नेताकार्यकर्तालाई प्रहरीले अवरोध गरेपछि झडप भएको थियो।

सोही क्रममा प्रहरीले गरेको लाठीचार्जबाट नेता झा घाइते भएका हुन्।

उनको टाउकोमा चोट लागेको नेकपा जिल्ला सचिव दीपक यादवले जानकारी दिए। नेता झालार्इ उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको छ।

झडपका क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै एक दर्जन राउन्ड हवाई फायरसमेत गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित मिति २२ माघ २०७७, बिहीबार १६:२२
प्रतिक्रियाहरू