नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुने बताएका छन्।
आफ्नो समूहले आयोजना गरेको हड्ताल सफल पार्न बिहीबार ललितपुरका सडकमा नाराबाजी गर्न पुगेका प्रचण्डले पत्रकारहरूसँग कुरा गर्दै संयुक्त आन्दोलनका लागि राजनीतिक दलहरू, नागरिक समाज र अन्य पक्षसँग कुरा भइरहेको बताए।
‘हामी माघ २८ गते विशाल प्रदर्शन गर्दैछौं। त्यसपछि पनि प्रतिगमन सच्चिएन भने फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुन्छ। त्यसपछि केपी ओलीको आयु सकिन्छ,’ प्रचण्डले भने । उनले भोलि ओली समूहले नारायणहिटी दरबारअगाडि गर्न लागेको सभा पञ्च र्याली भएको बताए।
प्रकाशित मिति २२ माघ २०७७, बिहीबार १२:२०