राजधानीकाे यी स्थानमा विहानदेखि भव्य प्रर्दशन, प्रचण्ड आफैँ उत्रिए सडकमा

राजधानीकाे यी स्थानमा विहानदेखि भव्य प्रर्दशन, प्रचण्ड आफैँ उत्रिए सडकमा

मयूर टाइम्स

@Mayur Times

२०७७ माघ २२ गते बिहिबार ११:१८

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपि शर्मा ओलीको कदमका विरुद्ध आयोजित आम हडताल सफल पार्न आह्वान गर्दै बिहीवार बिहानदेखि बागवजार , भोटाहिटी , जमल , रत्नपार्क क्षेत्रमा जुलुसहरु भइरहेका छन् । नेकपा प्रवक्ता एवम् आन्दोलन...

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपि शर्मा ओलीको कदमका विरुद्ध आयोजित आम हडताल सफल पार्न आह्वान गर्दै बिहीवार बिहानदेखि बागवजार , भोटाहिटी , जमल , रत्नपार्क क्षेत्रमा जुलुसहरु भइरहेका छन् ।

नेकपा प्रवक्ता एवम् आन्दोलन परिचालन समितिका संयोजक नारायणकाजी श्रेष्ठले बिहानैदेखि ती जुलुसहरुको नेतृत्व गरिरहेका छन् । यस क्षेत्रको प्रदर्शनमा अनेरास्ववियू र मजदुरको टोली खटिएको छ । टोलीमा अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ , मजदुर नेता जगत सिंखडा , विद्यार्थी नेता सुरेन्द्र बस्नेत , पञ्चा सिंह , दिपेश पुन , इन्द्र भुषाल , आरती लामा , पवन कार्की लगायतको सहभागिता रहेको छ ।

प्रदर्शनका क्रममा ‘राज्यको ढिकुटी रित्याउन पाइंदैन , सरकारी पञ्चर्याली चाहिँदैन’ , ‘असंवैधानिक कदम खारेज गर’ , ‘असंवैधानिक नियुक्ति खारेज गर’ जस्ता नारा लगाइएको बस्नेतले बताए ।

प्रकाशित मिति २२ माघ २०७७, बिहीबार ११:१८
प्रतिक्रियाहरू