आँप खानुकाे यस्ता छन् फाइदाहरू

आँप खानुकाे यस्ता छन् फाइदाहरू

मयूर टाइम्स

@Mayur Times

२०७७ साउन २५ गते अाईतबार ११:१२

आँपमा भिटामिन बी, सी, तथा डी पनि पर्याप्त मात्रामा पाइन्छ। सोडियम, पोटासियम, ताम्र, गन्धक, म्याग्नेसियम, क्लोरोन तथा नियासिन पनि पाकेको आँपमा पाइन्छ। यसका फाइदा निम्न छन्, यदि बच्चामा माटो खाने बानी छ भने त्यसलाई छुटाउन आँपको बियाको...

आँपमा भिटामिन बी, सी, तथा डी पनि पर्याप्त मात्रामा पाइन्छ। सोडियम, पोटासियम, ताम्र, गन्धक, म्याग्नेसियम, क्लोरोन तथा नियासिन पनि पाकेको आँपमा पाइन्छ। यसका फाइदा निम्न छन्,
यदि बच्चामा माटो खाने बानी छ भने त्यसलाई छुटाउन आँपको बियाको चूर्ण पानीमा मिलाएर दिनहु दुई तीनपटक खान दिने हो भने पेटको किरा पनि मर्छ।
– सुख्खा खोकी छ भने एक पाकेको आँप लिनुहोस्, आगोमा सेकाउनुस्, सेलाइसकेपछि बिस्तारै चुस्नुहोस्, खोकी निको हुनेछ।
– मधुमेहमा आँपको पातलाई छाँयामा सुकाएर चूर्ण बनाउनुस्, यसलाई ५–५ ग्रामको मात्रामा बिहान बेलुकी पानीमा राखेर १०–१५ दिन लगातार सेवन गर्ने हो भने लाभ मिल्छ।
– कब्जियतमा पाकेको आँपमा तातो दूध पिउने हो भने दिसा खलास हुन्छ, जसबाट कब्जियतबाट छुट्कारा मिल्छ।
– कान दुखेकोमा आँपको पातको रस निकाल्नुस्, हल्का तातो पार्नुस् र कानमा थोपा राख्नुस्, पीडाबाट लाभ मिल्छ।
– गिजाबाट रगत निस्कने समस्यामा आँपको बिया निकालेर पिस्नुस् र यसलाई मन्जनको रुप्मा प्रयोग गर्ने हो भने पायरियासहित दाँतको सबै रोगबाट लाभ मिल्छ।
– लू तथा गर्मीमा काँचो आँपलाई रस पिउनाले लू तथा गर्मीबाट हुने बेचैनी ठीक हुन्छ।
– आँप खाएपछि तातो दूध पिउनुस्, तर, पानी भने सेवन नगर्नुस्।
– एक कप आँपको रसमा ५० ग्राम मह मिसाएर बिहान बेलुकी सेवन गर्नाले क्षयरोगमा लाभ मिल्छ।
– यसमा रहेको पोटासियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रणमा रहन्छ।
– यसले तौल बढाउछ, गर्भावस्थामा दैनिक एक आँप खानाले राम्रो हुन्छ।
– २०० ग्राम आँपको रस, १० ग्राम अदुवाको रस र २५० ग्राम दूध मिसाएर पिउनाले शारीरिक र मानसिक निर्बलता नष्ट हुन्छ र स्मरणशक्ति बढ्छ।

प्रकाशित मिति २५ श्रावण २०७७, आईतवार ११:१२
प्रतिक्रियाहरू
Top 6 Health Benefits Of Green Tea

Top 6 Health Benefits Of Green Tea
२०७७ भदौ १९ गते शुक्रबार ०२:०३

Explore the Secret of Beautiful Skin

Explore the Secret of Beautiful Skin
२०७७ भदौ १८ गते बिहिबार ०२:४९

Methods Used to Cure at Drug and Alcohol Rehabilitation Center

Methods Used to Cure at Drug and Alcohol Rehabilitation Center
२०७७ भदौ १८ गते बिहिबार ०२:१७