वैवाहिक जीवनमा बाँधिदै अन्जु पन्त, काे हुन् त उनकाे सपनाकाे राजकुमार ?

वैवाहिक जीवनमा बाँधिदै अन्जु पन्त, काे हुन् त उनकाे सपनाकाे राजकुमार ?

मयूर टाइम्स

@Mayur Times

२०७७ माघ २१ गते बुधबार ०६:४२

काठमाडौँ : गायिका अञ्जु पन्तले पुनः विवाह गर्ने भएकी छन्। एक छोरीकी आमा गायिका पन्तले गीतकार थिर कोइरालासँग विवाह गर्ने भएकी हुन्। इलाम घर भएका कोइराला दुई दसकदेखि काठमाडौंमा छन्। दुवै जनाले आफूहरूबीच विवाह हुन लागेको स्वीकार...

काठमाडौँ : गायिका अञ्जु पन्तले पुनः विवाह गर्ने भएकी छन्। एक छोरीकी आमा गायिका पन्तले गीतकार थिर कोइरालासँग विवाह गर्ने भएकी हुन्।

इलाम घर भएका कोइराला दुई दसकदेखि काठमाडौंमा छन्। दुवै जनाले आफूहरूबीच विवाह हुन लागेको स्वीकार गरेका छन्।तर विवाहको मिति भने तय हुन बाँकी रहेको उनीहरूले सञ्चारमाध्यमसँग बताएका छन्। करिब ३ वर्षअघि चिनजान भएका उनीहरू एक वर्षदेखि ‘रिलेसनसिप’मा छन्।

गायिका पन्तले गायक तथा संगीतकार मनोजराजसँग एक दसकअघि सम्बन्ध विच्छेद गरेकी थिइन्।उनीहरुकी एक छोरी छन्- परितोषिका पन्त। उनी पनि मोडलिङ क्षेत्रमै प्रवेश गरिसकेकी छन्।

प्रकाशित मिति २१ माघ २०७७, बुधबार ०६:४२
प्रतिक्रियाहरू