गजलकार पुनम धमलाको क्याबातको गजल

गजलकार पुनम धमलाको क्याबातको गजल

हरिश जोशी

@Mayur Times

२०७७ माघ १९ गते सोमबार ०८:१४

गजल को को आउछ हेर्नुहोला को को आउदैन , तपाईं लाइ दुखेको बेलामा आफ्नो आउंदैन । सबै कुरा फिर्ता आउने आस कहिल्यै नगर्नुस , हामी जस्को मलाम जान्छौं उ हाम्रो आउंदैन । तिमी आउंदैनौ खबर आउंदैन देख्नेले भन्लान , कस्ले भन्छ याद आउंदैन तिम्रो...

गजल
को को आउछ हेर्नुहोला को को आउदैन ,
तपाईं लाइ दुखेको बेलामा आफ्नो आउंदैन ।

सबै कुरा फिर्ता आउने आस कहिल्यै नगर्नुस ,
हामी जस्को मलाम जान्छौं उ हाम्रो आउंदैन ।

तिमी आउंदैनौ खबर आउंदैन देख्नेले भन्लान ,
कस्ले भन्छ याद आउंदैन तिम्रो न्यास्रो आउंदैन ।

भरखर हराएको छ आमा नामको एउटा घाम ,
अब घरमा उज्यालो आउदैन तातो आउदैन ।

बुंख्याचाहरु मान्छेहरुलाइ यस्तो प्रश्न गर्दैछन,
किन हाम्रो मान्छे भएर उभिने पालो आउंदैन । पुनम धमला कालिकोट हाल बिरेन्द्रनगर सुर्खेत

प्रकाशित मिति १९ माघ २०७७, सोमबार ०८:१४
प्रतिक्रियाहरू
प्रमोद भण्डारी (हालत खराब) का चार मुक्तक

प्रमोद भण्डारी (हालत खराब) का चार मुक्तक
२०७७ फाल्गुण १४ गते शुक्रबार १०:४२

प्रेमहीन प्रेम दिवसका गुलावहरू

प्रेमहीन प्रेम दिवसका गुलावहरू
२०७७ फाल्गुण ५ गते बुधबार ०७:४४

गजल – गगन चुम्बन

गजल – गगन चुम्बन
२०७७ फाल्गुण ४ गते मङ्गलबार ०२:५०