तोकिएकै मितिमा निर्वाचन हुने ओलीकाे दाबी

तोकिएकै मितिमा निर्वाचन हुने  ओलीकाे दाबी

मयूर टाइम्स

@Mayur Times

२०७७ माघ १७ गते शनिवार ०८:०४

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन तोकिएकै मितिमा हुने दाबी दोहोर्याउनु भएको छ । उहाँले आफु जर्बजस्ती प्रधानमन्त्री बन्न नखोजेको उल्लेख गर्दै जनताको फैसला लिन आफु आतुर रहेको पनि प्रष्ट पार्नुभयो । चितवनमा शनिबार नेकपा...

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन तोकिएकै मितिमा हुने दाबी दोहोर्याउनु भएको छ । उहाँले आफु जर्बजस्ती प्रधानमन्त्री बन्न नखोजेको उल्लेख गर्दै जनताको फैसला लिन आफु आतुर रहेको पनि प्रष्ट पार्नुभयो ।

चितवनमा शनिबार नेकपा (ओली समूह)ले आयोजना गरेको सभालाई सम्बोधन गर्दै ओलीले भन्नुभयो ‘के मैले जनताले भनेको मान्दिनँ, जबर्जस्ती प्रधानमन्त्री हुन्छु भनेको छु र ? म के दुई ठाउँमा चुनाव हारेर पनि प्रधानमन्त्री हुने जस्केलाको बाटो हिँडेको छु र ?’

अध्यक्ष हारेपछि मलाई अध्यक्ष चाहियो भनेर केटाकेटीजस्तो क्याङक्याङ गरेको छु र ? त्यो मेरो तरिका होइन । मेरो तरिका जनताको बीचमा जाने हो ।’

जनताको साथ लिएर देश बनाउने उद्देश्य रहेको उल्लेख गर्दै उहाँले त्यस उद्देश्यलाई असफल बनाउन केही नेता लागिपरेको बताउनभुयो । जनताको मत लिन खोज्नु गलत नभएको र कसैले असफल बनाउन खोज्दैमा नहुने उहाँको भनाइ थियो ।

‘म असफल हुन्नँ, जनता असफल हुँदैनन् । मैले जनताको बीचमा जान्छु भनेको छु । के यो गलत हो ?’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘निर्वाचनमा जान डराउने अनि लोकतन्त्रका कुरा गर्ने ? मैले शासनमा बसिरहन्छु भनेको छैन । जनताको मत लिने भनेको छु ।’

सभालाई सम्बोधन गर्दै गृह मन्त्री राम बहादुर थापा बादलले सरकारको नेतृत्व गर्दा पनि कुनै हिसाबले काम गर्न नदिएपछि प्रतिनिधिसभा विघटनको निर्णयमा पुगेको आफ्नो धारणा दोहोर्याउनु भयो ।

news 24

प्रकाशित मिति १७ माघ २०७७, शनिबार २०:०४
प्रतिक्रियाहरू