गजलकार निम्बाका दुई गजल

गजलकार निम्बाका दुई गजल

हरिश जोशी

@Mayur Times

२०७७ माघ ८ गते बिहिबार ०६:४४

पछिल्लो समय प्रवासमा रहेर नेपाली गजलको बिस्तार र विकासमा लाग्ने गजलकार निम्बा सामाजिक बिषयबस्तुको उठान निकै उत्कृष्ट ढंगले गर्ने गजलकार हुन । कर्णालीका निम्बा गजलका शेरमा पनि निकै राम्रो ढङ्गसङ कर्णाली प्रस्तुत गर्छन् । उहाँको...

पछिल्लो समय प्रवासमा रहेर नेपाली गजलको बिस्तार र विकासमा लाग्ने गजलकार निम्बा सामाजिक बिषयबस्तुको उठान निकै उत्कृष्ट ढंगले गर्ने गजलकार हुन । कर्णालीका निम्बा गजलका शेरमा पनि निकै राम्रो ढङ्गसङ कर्णाली प्रस्तुत गर्छन् । उहाँको वास्तविक नाम निम बहादुर बुढाथाेकी हो । प्रवासको जिन्दगी त्यति सहज छैन भने परिस्थिति झन कसरी सहज होला र? प्रवासको त्यस्तो अवस्थामा रहेर पनि नेपाली गजललाई
स्वास जत्तिकै प्यारो ठानेर लेख्न छोड्नु हुन्न उहाँ । पछिल्लो पुस्ताका कर्णालीका उम्दा गजलकार निम्बाका मिठा गजल पढेर प्रतिक्रिया दिनुहोला ।

गजल
अागलागीमा काेही अागाे काेही पानी बाेल्छन
अक्सर मान्छेहरु सत्य जान्दै नजानी बाेल्छन।

धर्ती अाकाश मेरै हाे भन्न सक्दैनन् दाेबाटेहरु
किन? ऐलानी जमिनबारे खानदानी बाेल्छन।

हिजाे चाेली राखेथे अाज त पछ्याैरा राखेछन्
दुनियाँ दलाल बाेल्छ उनिहरु लगानी बाेल्छन।

भाेका नानी रुदै-रुदै अामा-अामा बाेल्दै थिए
बिवस अामा रुनेकाे कान काट्ने कहानी बाेल्छन।

गजल
हिडे देखि तमसुकमा घरकाे छानाे राखेर
घाम उदाकाे छैन सिरानी अाेभानाे राखेर।

देशकाे भविश्य बाेकेर यदि गर्भिनी भए भने
सरकार अाउला त ?कर्णाली ज्वानाे राखेर।

नयनकाे ऐनामा उत्रेका चेहेरा उसकै त हाे?
जाे!मुस्कुराइ रहेछ छातीमा भक्कानाे राखेर।

पछी,घरमै भेटेछन कम्मरमा पटुका थियाे रे
बिचरा!म पनि भर्खर अाईपुगे मानाे राखेर।

निम्बा
सल्यान हाल दक्षिण कोरिया

प्रकाशित मिति ८ माघ २०७७, बिहीबार १८:४४
प्रतिक्रियाहरू