स्मृतिमा कर्णाली गजल उत्सव

स्मृतिमा कर्णाली गजल उत्सव

हरिश जोशी

@Mayur Times

२०७७ माघ ८ गते बिहिबार ०३:२१

स्मृतिमा कर्णाली गजल उत्सव धिरेन अनुपम स्मृतिमा कर्णाली गजल उत्सव म केही समय अघि लाटिकोइली देखि मंगलगढी चोक सम्म अँध्यारो बाटो हुदै पुगेको थिई चोक सम्म । चोकमा मान्छेहरुको अोहोरदोहोर र बत्ती बलेकै थियो...

स्मृतिमा कर्णाली गजल उत्सव
धिरेन अनुपम

स्मृतिमा कर्णाली गजल उत्सव

म केही समय अघि लाटिकोइली देखि मंगलगढी चोक सम्म अँध्यारो बाटो हुदै पुगेको थिई चोक सम्म । चोकमा मान्छेहरुको अोहोरदोहोर र बत्ती बलेकै थियो । सबै मान्छे अाअाफ्नै तानमा घर तिर सोझिदै थिए। साँझ परे पछि चराचुरुङ्गीले पनि गुँडको खोजी गर्छन् । अाखिर दिन ढलेपछी बत्तीको सहारामा चोक पनि गुलाबी बनी दिदो रहेछ। म एस.अो. एस. पुग्दा सम्म मंगलगढी चोक र यरी चोक पनि गुलाबी नै देखिन्थे अलि फरक कर्कस शैलिमा । कोलाहलमय रुपले गुलाबी देखिनु फरक पाटो हो । मनै लोभाउने गुलाबी रंगिन रातहरु जिवनमा थोरै प्राप्त हुन्छन् । बत्तीको उज्यालोमा झिलिमिली देखिने सहर पनि मान्छेको चहल पहल बिना उराठ र सुनसान भइदिन्छ। रातभर ननिदाउने रेलबे प्यलेटफर्म उज्यालो ले चकम्न्न हुन्छ तर रेलको कर्कस अावाज र मान्छेहरुको भिडभाडले त्यतिकै उदेक लाग्दो पनि हुन्छ ययाबरको लागि । एक ययाबर लाई त्यस स्थानबाट निक्लेर गन्तव्य छिचोल्न हतार हुन्छ । मतलब भिडभाड र उज्यालो को रोसनिले झिलिमिली भएर पनि सबै अधेरा रातहरु गुलाबी रात हुदैन । गुलाबी हसिन रंगिन रात हुनु एक मापदण्ड छ त्यही मापदण्ड अनुरुपनै हुनै पर्छ।

मक्रर संघ्क्रान्ति माघ १ गते सुर्खेत एसअोएस हर्मन माइनर विद्यालय कालागाउँ सुर्खेतको गेटमा अाफ्नो युनिफर्ममा ठिङ्ग उभियर चौकिदार दाई डिउटिमा खटिनु भएको थियो । चौकिदारले सिट्टि फुक्दै म चढेको बाइक लाई उत्तर तिर अलि खुल्ला फराकिलो सडकमा पार्किङ गर्ने इशारा गर्नु भयो मैले पनि उहाँले इशारा गरि देखाएको ठाउँमा बाइक पार्किङ गरे । बझाङका गजलकार भाइ हरिश जोशी र मैले प्रबेश गर्यौ कार्यक्रम स्थान तर्फ । यसो लाग्थ्यो एअोएस हर्मन माइनर विद्यालय भित्र कसैको शुभ विबाह हुदैछ । हामी दुलाह दुलहिको रात्री भोजमा सरिक हुदैछौं । मान्छेहरुको बाक्लो भिड जम्मा भइ सकेको थियोे । दिपावली झै सजाइएको झिलिमिली लहरे लाइटको मधुर रोशनीमा झुण्ड झुण्डमा बसेर खासखुश खासखुश कानेखुसी गर्दै कुरा गरि रहेका पनि थिए मान्छेहरु । जंगलको नजिक पर्ने हुदा जाडोले धेरै सताउछ कि भन्ने मनमा डर थियोे । लाटिकोइलिमा जाडो अलि धेरै नै हुन्छ । किन भने लाटिकोइली खुल्ला र फराकिलो ठाउँमा छ । खुल्ला ठाउँमा हावाको अोहोर दोहोर बढी भइरहन्छ । माथि गोठिकाँडा बाट हुत्तिएर अाउने हावाको सिधा बहाव कोठामा पर्ने भएर पनि लाटिकोइलीमा चिसोको अनुभूति बढी हुन्छ मलाई । चिसोका कारण निमोनिया हुने भएकोले पनि अक्सर म निमोनिया बाट वचन र चिसोबाट छेलिन अलि बढी कोशिस गर्छु । धेरै बाक्ला रुखहरु भएको ठाउँमा जाडो धेरै होला लागेको थियो । ठिक त्यस्को उल्टो घना रुखविरुवा भएको ठाउँमा हावा राति नचल्दो रहेछ चिसो मौसममा । खासै जाडो लागेन एसअोएस भित्र छिरीसकेपछि । जीवन एक खुल्ला किताब हो भोगाइले नै जिवनमा सबै चिज सिक्ने सिकाउने गराउँछ ।

गजलकार सुदामा ऋषि र मेरो दिउँसो फोनबाट कुरा हुँदा अाज बहुत जाडो हुन्छ होलाहै भन्दै एक अापसमा कुरा सेर गरि रहेका थियौं । सुदामा जी बाक्लै कपडा लगाएर जानू भएको थियो । बाहिर भेट हुँदा उहाँको कपडा रामरी छामेको पनि थिए मैले । एस अो एस भित्र नेपाली बिषयका शिक्षक,अब्बल गजलकार , सन्चारकर्मी , कवि , जे भनेर सम्बोधन गरे पनि फिक्का पर्न जान्छ, मेरा अन्नय मित्र महेन्द्र जी जागिर गर्नु हुन्छ । उहाँसंग बेलाबखत भेट हुँदा कुरा हुन्थ्यो जाडोकै बारेमा । उहाँ तपाईंहरुलाई त्यति जाडो लाग्दैन । तपाईंहरुको बसाइँ अलि भित्र पट्टि हुन्छ ।जाडो बाहिर दर्शक दिर्घामा बसेका दर्शकहरुलाई अलि चाई लाग्ला कि भनेर उहाँ कुरा टार्नु हुन्थ्यो । अहिले थाहा पाउँछु त्यसको मतलब रहेछ जाडो त्यति हुदैन । उहाँको कुरामा झुन्डियर अाएको चाई र कि को अर्थ त्यही रहेछ ।
कार्यक्रम सुरु गर्नुपुर्व स्कुलको गेट बन्द गर्नुपर्ने भएकाले कार्यक्रम निर्धारित समय भन्दा साढे छ मिनेट ढिला शुरु भएको थियो । यस्लाई समयको खासै अन्तर मान्न सकिँदैन । समय फिक्स निर्धारण गरिएका कार्यक्रमहरु कुर्दा कुर्दै अबेर समय पछि कार्यक्रम सन्चालन भएका तमाम घटना भोग्दै अाएका छौं । हामी त्यस्ता कार्यक्रमका सारथि दर्जनौ पटक भइसकेको कुरा नौलो होइन । पट्यार लाग्दो समय पछि कार्यक्रम सकेर घरतिर रमाएरै गएका कहानीको लेखाजोखा छुट्टै छ । निर्धारित समयमा शुरुभइ कार्यक्रम समापन गर्न हाइ काट्दै बिताएका पलहरु पनि अनगिन्ती छन् ।अायोजकले नेपाली समय न हो के गर्नु ? यस्तैहो नेपाली समय भनेर झारो टारेर बिषयान्तर गरेका असंख्य उदाहरणहरु छन् स्मृतिमा । ढिलो गरि कार्यक्रम सन्चालन गरेर नेपाली समय भनेर समयको धज्जिया उडाउने अायोजकलाई भने एसअोएस हर्मन मानइनर विद्यालय सुर्खेतले गतिलो पाठ पढाएको छ । कार्यक्रम स्थल हेर्दा सधै कायम रहिरहनको लागि सजिएको हुनु पर्छ झै लाग्थ्यो , एक दिनको लागि कार्यक्रम स्थल सजाएर भोलि सजाईएका बस्तुहरुलाई निकाल्नु मनखद लाग्दो नै थियो । कोरोनाको असर लाई ख्याल गर्दै समाजिक दुरी कायम गरेर चटईहरु बिच्छाइएका थिए । माहोल रंगिन थियो रात गुलाबी थियो । मान्छेको हुल धेरै भए पनि मंगलगढी चोक र यरी चोकको जस्तो कर्कस वातावरण थिएन। साहित्यिक अनुष्ठान मण्डपमा सजाइएका बत्तिहरुको प्रकाशले दर्शकदिर्गामा बसेका दर्शकहरुको अनुहार पनि सुन्दर लाग्थ्यो। सजिएर बरियातमा दुलहि लिन जाने जन्तीहरुको झै । सप्तरंगी बिजुलीको रोसनिले रातले श्रङ्गार गरेको छ झै लाग्थ्यो बाहिर तिर हेर्दा । जुनकिरै झै चमचम मधुर रोसनिमा चम्किदै थिए बाहिर पट्टि सजाइएका लहरे बत्तीहरु ।

हिन्दु परमपरा अनुसार जहाँ कुनै रंगको अस्तित्व हुदैन शून्य हुन्छ,अँध्यारो मात्रै हुन्छ त्यसलाई कालो भनिन्छ कालो सुरुवातीको बिम्ब हो, कालो रंगलाई अन्धकारको प्रतीक पनि मानिन्छ ।मान्छे को जीवन पनि शून्य बाट अर्थात कालोबाटै शुरु हुन्छ र अन्त पनि कालो कोइला भएर सकिन्छ । कालोले धेरै चिजको प्रतिबिम्ब गर्छ । यसमानेमा कालो रंगलाइ संघर्षको रंग भनेर पनि बुझिन्छ । मान्छे सबै जीवन संघर्ष पुर्ण छ । मान्छे कुनै न कुनै संघर्ष गरेर अहिले अाइ पुगेको ठाउँ सम्म उ अाई पुगेको छ । हाम्रो बच्चालाई जिवनको उज्यालो बाटो तिर डोराइरहदा हामी श्रीपन्चमी को दिन कुरेर बस्छौ । सरस्वती माताको पुजा पश्चात अनि बच्चा लाई कालो पाटीमा सेता, राता , पहेला र हरिया रंगका चकहरुको प्रयोग गरेर रंगिन दुनिया तर्फ बढ्न क ,ख , ग र १,२,३ अक्षरहरु लेख्न सिकाउदै जीवनको रंगिन दुनियन तर्फ अघि बढ्न अभिप्रेरित गरि रहेका हुन्छौं । एअोएस सुर्खेत अनाथ अबोध बच्चा देखि हरेक विद्यार्थीको लागि कालो पाटी त हो नै । अाज कर्णाली प्रदेश बासी साहित्यकारहरुको लागि कालो पार्टी बनेर सृर्जनाका फुलहरु पस्किन अवसर प्रदान गर्दै थियो । अवसर प्रदान गर्नुहुने जगदिश ढकाल सरको प्रशंसा जति गरे पनि शब्दमा कमै हुन्छ। गैर साहित्यिक संस्थाले मक्कर संक्रान्तितिको अवसर पारेर साहित्यिक कार्यक्रम गर्नु अनुपम काम हो सबैले खुलेर प्रशंसा गर्नु पर्दछ । कसैले नाक खुम्चाउनु पर्दैन यसो त जगदिश सरले सुर्खेती साहित्यको ५० ईन्च को छाति ५६ ईन्च बनाई दिनु भएको होकी मलाइ अाभाष भएको छ । कार्यक्रमका प्रमुख अतिथि डा. नवराज लम्साल दाजुको अागमनको प्रतिक्षामा सबै कुरी बसेका थियौ । एसअोएसको मन्चमा घोसित गजलकारहरुको अग्नि परिक्षाहुदै छ को पास हुन्छन् को फेल थाह छैन । साहित्यिक कार्यक्रममा पास फेल हुनुको अर्थहो तालि ,वाह वाह र हुटिङ्ग पाउनु अर्थात माोललाई स्थिर राख्नु । यही कुराले मन भित्रको अागो ब्रकरेखाको अाकृती लिएर छाति भुठभुटी रहेको थियोे । कार्यक्रम सन्चाक महेन्द्र चन्द महासगरले ऋषि सुदामा, ,कृष्ण विरही, सरस्वती पन्त,सीता यरी, भरतप्रमोद दाहाल, पुनम धमला , पहल असिम, महेश के भट्टराई , ज्ञानेन्द्र बहादुर सिंह र पंतिकारको नाम उच्चारण गरेर सुर्खेतका प्रतिष्ठित मान्छेको अघि अनि भव्य कार्यक्रमको अाकर्षणको रुपमा मन्चमा अासन ग्रहण गर्न अनुरोध गर्नु भयो । यो भन्दा मेरो लागि ठूलो सौभाग्य के नै हुन्छ र ? मैले अामा र बुवा लाई भित्र भित्रै दण्डबत प्रणाम पनि गरे । यो मन्चमा उभ्याउन एक रोलको पात्र मेरा अामा बा पनि हुन ।
चिसोले गम खायो मान्छे शालिक झै बनेर कार्यक्रममा बसि रहे गजलकारहरुले गजलका शेरहरु बाट अागो जलाई दिए। गजलको अागोलाई नि भन्न नदिन दर्शकले तालि बजाई रहे । माहोल निकै सुन्दर बन्दै गय‍‍ो ।

अतिथि सत्कारमा जुट्नु भएका ललित सिंजाली सरको स्वागत न्यानो थियो । उहाँको अघि चिया कफि पनि फिक्का पर्थे । उहाँ सुर्खेती एक होनहार संगितकार पनि हो । उहाँले संगित गरेका गितको लालित्यता फरक छ स्रष्टाहरुलाइ सम्मान सहित मन्चमा बस्नको लागि दुइहाथ देखाएर बस्न अनुरोध गरिएको दृश्यमा पनि लालित्य रस मिसिएको छ कि भन्ने भान हुन्थ्यो । मन्चको पहिलो ड्यासमा जगदिश सर बस्नु भएकोले मेरा र उहाँका अाँखा बेला बेलाबेलामा एकआपसमा ठोक्कीरहन्थे । बोल्ने अवसर नजुरे पनि हामी नजर चलाएर बोली रहेका छौ । यही महसुस हुन्थ्यो । गजलका सेरमा तालि ठोक्ने बानि सरको गजबको थियो । बडो लौह अनुसान पुर्वक एस अो एस का बहिनीहरुले कहिले कफी, कहिले चिया, कहिलेमाघी विशेष परिकार, कहिले तातो पानी देखि कहि चिसो पानीसम्म दर्शक देखि गजलकार सम्मा लाई पुराएर सेवामा समर्पित भई रहेको दृष्य काबिला तारिफ योग्य छैन। वाह ! कर्णाली गजल उत्सव !

कार्यक्रम तीन घण्टाभित्र सक्ने निर्धारण गरिएको थियोे तर समय जति घर्किदै गयो रात त्यति गुलाबी र रंगिन हुँदै गयो । माहोल झन बेहद सुन्दर हुँदै गयो । पुस माघको रात यसै पनि लामा हुन्छन् । मान्छे निदाउछन् पनि छिटै तर कार्यक्रममा उपस्थित महानुभावको चेहरामा निदको असरले कोही पनि झोक्राइएको पाइएन । सबै दर्शकहरु गजल नसुनेका नवीन चेहराहरु थिए तर ती चेहरामा गजलको रौनक्ता अलग थियो । बिशुद्ध साहित्यकारहरुको हातबाट ताली र वाहवाही पाउनु भन्दा गैर साहित्यकार श्रोताहरुको तालिले अझै मन प्रफुल्ल बनाउदो रहेछ,भिन्न किसिमको अनुभुती हुदोरहेछ । सुर्खेती साहित्यको फाँटलाई फराकिलो बनाउन जुन गैर साहित्यिक संस्था एसअोएस विद्यालय सुर्खेतले गरेको योगदान अजर अमर रहने कुरामा दुइमत छैन साथै यस संस्थाले गरेको कार्यको भोलि अरु संस्थाहरुले पनि ढिलो चाडो सिको गर्ने कुरामा संका छैन।
कार्यक्रम पट्यार लाग्दा पनि हुन्छन् कतिबेला सकिन्छ र कतिबेला घर जाउला भन्ने पनि लाग्छ कार्यक्रममा तर यस्तो अाभाष कसैलाई भएन निर्धारित समय भन्दा एक घण्टा पर गए पनि समय घेरै छोटो लाग्यो। प्रमुख अतिथी डा. नवराज लम्साल दाजुको मन्तव्यले सबैको मन छोयो उहाँका गम्भीर तर्क र अोजपुर्ण कुराले देश दुनियाँ सबैलाई सोच्न बाध्य बनाई रहेको थियो । नेताको भाषण सुनी सुनि कानको शक्ति बर्बाद बनाएका यिनै बोधा कान एकपटक फेरि नवराज दाजुको मुखारबिन्दुबाट देश, दुनियाँ र समाजको कथा सुन्न यी बोधा कान उद्द्त थिए अर्थात उपस्थित दर्शक दिर्घा एक पटक पुन: रातै भरी डा .नवराज लम्साल दाजुको प्रवचन सुन्नको लागि शालिक झै अटल भएर सुनिरहेका थिए । दर्शकले प्रवचन सुन्दा सुन्दै कार्यक्रम सकिएको पत्तै पाएनन, कर्णाली गजल उत्सव खुब भयो बहुत भयो, क्या गज्जब भयो र स्मृतिका पानामा भयानक बनेर रहिरहनेछ !!!!

लेखक धिरेन अनुपम कवि,गजलकार र आख्यानकार पनि हुन

प्रकाशित मिति ८ माघ २०७७, बिहीबार १५:२१
प्रतिक्रियाहरू
प्रमोद भण्डारी (हालत खराब) का चार मुक्तक

प्रमोद भण्डारी (हालत खराब) का चार मुक्तक
२०७७ फाल्गुण १४ गते शुक्रबार १०:४२

प्रेमहीन प्रेम दिवसका गुलावहरू

प्रेमहीन प्रेम दिवसका गुलावहरू
२०७७ फाल्गुण ५ गते बुधबार ०७:४४

गजल – गगन चुम्बन

गजल – गगन चुम्बन
२०७७ फाल्गुण ४ गते मङ्गलबार ०२:५०