चुनौंतीको गर्भमा लुकेको अवसर।

चुनौंतीको गर्भमा लुकेको अवसर।

धिरेन अनुपम

@Mayur Times

२०७७ माघ ४ गते अाईतबार ०३:०८

चुनौंतीको गर्भमा लुकेको अवसर। धिरेन अनुपम विश्व कोरोना कहरको मारमा छ।विभिन्न काल खण्डका सुपरपावर देश बेलायत,जर्मन, रूस,जापान,लगायत मौजुदा सुपरपार अमेरिकाको अवस्था जटिल छ।चिनले अाफुलाई कोरोनाबाट मुक्त भएको...

चुनौंतीको गर्भमा लुकेको अवसर।

धिरेन अनुपम

विश्व कोरोना कहरको मारमा छ।विभिन्न काल खण्डका सुपरपावर देश बेलायत,जर्मन, रूस,जापान,लगायत मौजुदा सुपरपार अमेरिकाको अवस्था जटिल छ।चिनले अाफुलाई कोरोनाबाट मुक्त भएको घोषणा गरेता पनि अार्थिक अवस्था बाट भने माथी उक्लन सकेको छैन। अाफुलाई दक्षिण एशियाको शक्तिशाली देश ठान्ने भारतको अवस्था दिन प्रतिदभयाबह हुँदै गइरहेको छ।राजनीति ,साँस्कृतिक ,अार्थिक , शिक्षा ,स्वास्थ,रोजगार ,टेक्नोलोजी र सैने शक्तिको हिसाबले अाफुलाई संसारकै देशहरु मध्य सम्पन्न ठानिने युरोपियन देशहरुको हालत राम्रो छैन।अाफ्ना देशका नागरिक लाई बचाउनको लागि निरन्तर लागि रहेका छन्।कोरोनाको भ्याक्सिन पत्ता लगाउनको लागि नुहारन देखिको वल लगाएर काम गरिरहे पनि अहिले सम्म कसैलाई सफल्ता हात पर्न सकेको छैन।नेपालमा कोरोना दिन प्रतिदिन बढी रहेको छ कम हुने नाम लिन मानि रहेको छैन। बैदेशिक रोजगारमा गएका युवाहरु नेपाल फर्कि रहेका छन्।भारतबाट दिन दुई गुना रात चौगुनाका रुपले युवाहरु पनि त्यसै गरी फर्कि रहेका छन्। केही दिन अगाडि प्रवासमा रहेका युवाहरु संग ब्याक्तिगत रुपले अनलाइनमा कुरा भइरहदा उनी अरुको मत थियो अब स्वदेश भित्रैं केही गर्ने विदेश भुलेर पनि नजाने।विश्वभर कोरोनाले धेरैको घर उजाड गरेको छ भने लाखौं लाखलाई नौकरी बाट बिमुख गरेको छ। अमेरिकामा मात्रैं १५ लाख देखि २० लाख मानिसहरु रोजगार विहिन भएका खबरहरु मिडियाबाट सार्वजनिक भएकाछन्।यस्को असर नेपालमा पर्नु कुनै अाश्चायको कुरा भएन।कोरोना दिन प्रतिदिन अाफ्नो उन्नत रुपलियर अाफ्नो साम्राज्य फैंइलाई रहेको छ।जुन लकडाउन अहिले हुनु पर्दथ्यो त्यो नभएर झन सरकारले अहिले खुकुलो बनाउने नितिका कारण फितलो र भद्रगोल भईरहेको छ।बिदेश बाट स्वदेश अाउने युवाहरुको संख्या बढी रहेको छ।कतार,दुवई,कुबेत,मलेसिया, साउदी अरवमा विभिन्न कारण जेलमा रहेका नेपाली लाई अाम माफी दिएका छन् ।जेलमा रहेका नेपाली तथा नौकरी गुमाएका नेपाली हरुलाई अाफ्नै जहाजमा बाट उद्दार गरेर उक्त देशहरुले नेपाल पठाइ रहेका छन्।

नेपाल सरकारको अा.ब ७७/७८ को अार्थिक बटेट भर्खरै सन्सदबाट पारित भएको छ। तर उक्त अार्थिक बजेटको चौतर्फी विरोध पनि भएको देखिन्छ।उक्त बजेटले बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने कुरामा उल्लेखिए भुमिका नखेल्ने जानकारहरु बताउछन्।नेपालमा अौधोगिक कलकारखनाहरु पनि पहिलेकै अवस्थाबाट सन्तुलित प्रकारले चल्न सकेका छैनन्। नेपाल सरकारले सोचेको जस्तो प्रकारले कर उठाउन सकेको छैन।अस्ति मात्रै अर्थ मन्त्रीले सरकार चलाउन मुस्किल भएको कुरा प्रतिनिधि सभाको बैठकहलमा सार्वजनिक गर्नु भयो छ। लकडाउन खुकुलो पारेर व्यपार ब्यबसाय पेशालाई पहिलेकै मुलधारमा उभाउने प्रयत्न गरेता पनि बजारमा मान्छेहरुको अावत जावत तथा किनमेल गर्नेहरुको पुर्णरुपमा अभाव देखिन्छ। कोरोनाको त्राहिमामको छाँया अझै मान्छेहरुको दिलबाट हट्न सकेको छैन।कोरोनाको च्यादरले लपेटेपछि केहोला भन्ने डरले हरेक मान्छेको दिलदिमाग मा डेरा जमाएको छ।कोही क्वारिनटिन भित्रै र कोही क्वारिटिन मुक्त पश्चात् अात्महत्या गरेका समाचार सार्वजनिक भएका छन् भने कोही अस्थायी जागिर बाट निकालिए पछि अात्मदाह गरेर मरेका घटना पुराना भई सकेका छैनन्।कोरोनाको कारणले भन्दा अात्म हत्या गरेर मर्नेहरुको संख्या धेरै छ भन्नेकुरा पनि बाहिर अाएकाछन्।जस्को मुलकारण हरिवी हो भन्दा अन्यथा नहोला। सरकारले यो कुराको सत्य तथ्य बाहिर ल्याउनु पर्छ। यो भयाबह परिस्थिति तथा भोलि सृर्जना हुने जटिल परिस्थिति मा पनि नेपालका नागरिक लाई कुनै पनि कुराको अभाव हुन नदिन गाँस,बाँस,कपास, स्वाथ्य ,शिक्षा ग्यारेन्टीको जिम्मा सरकारले लिनु पर्छ।कृषीमा अामुल परिवर्तन गर्नका लागि राज्यकै निकायबाट सातवटै प्रदेशमा उत्पादन ब्रिगेड निर्माण गर्नु पर्छ जस्को माध्यम द्वारा कृषिले अाधुनिक छलाङ्ग लगाअोस र विश्वको नजरमा नेपाल कृषि देशको रुपमा मात्रै नभई नेपालले कृषि बाट उत्पादन भएका बस्तुलाई निर्यात गर्न सक्ने हैसियतमा उभाउन सक्नु पर्छ। जस्को प्रभाव हरेक ग्रामिण बस्तिमा परोस र नेपालीहरुको कृषि मोहमा ध्यानाकर्षण होस जस्को माध्यम धेरै भन्दा धेरैलाई स्वर‍जगार बनाउन सकियोस।सरकारले विज्ञ प्राविधिकहरुको छलफल गराएर नेपाल अायात मुखी भन्दा निर्यात मुखी हुने गुरु योजना बनाएर अघि बढ्नु पर्दछ।वनजंगल बाट प्राप्त घाँस लाई दूध, मासुमा रुपान्तरण र पशुपंछि बाट उत्सर्जन भएको मलखाद लाई कृषि बालिनालिमा मा प्रयोग गर्न सकेको खण्डमा देशका अाधा बेरोजगार युवालाई पशु तथा कृषि क्षत्रमा स्वरोजगार सहित अात्म निर्भर बनाउन सकिन्छ।भौतिक पुर्वाधार विकाश निर्माणको लागि सरकारले छुट्टै निर्माण दस्ताको गठन गर्नु पर्छ । बेरोजगार युवाहरु स्वरोजगार हुनका साथै देशको माटोमा पसिना बगाएर नयाँ नेपाल निर्माणमा अाफुले पुरायको योगदानको गर्व गर्न सकुन।उद्योक कलकारखना र कृषिमा अाधिबेहरी नल्याए सम्म देशले फड्को मार्ने कुनै सम्भावना छैन।अर्काको मुख ताकेर “देला र खाउला” भन्ने अाषमा बस्नु ठिक होइन।भारतबाट अलग भएका देश पाकिस्तान भारतिय गाडीहरु चलाउदैन उस्ले अाफ्नै देशमा स्वदेशी बस,ट्रक,कार,रिक्सा,साइकल मोटरसाइकल उत्पादन गर्छ।ल्याउनु परे उस्ले अन्य देश बाट महंगा कारहरु मात्रै खरिद गर्छ।भले भारतको दाजोमा पाकिस्तानको करेन्सी कमजोर छ र पनि पाकिस्तान भारतलाई अार्थिक,अौधोगिक,सैन, या प्रमाणु हतियार बनाउने सवालमै किन नहोस। हरेक क्षत्र बाट टक्कर दिई रहेको छ । उता बंगलादेश पनि म्यनुयुफ्रेंक्चिरिंग तथा कृषि उत्पादनमा अात्मनिर्भर बनिरहेको छ र उस्ले पनि कृषि ,अार्थिक,अौधोगिक क्षत्रमा लगानि बढायर परनिर्भरको बाटोलाई त्यगी रहेको छ र यो उनि हरुको राष्ट्रिय स्वाभिमानको कुरा पनि हो। भारतिय नागरिकको जिडिबी भन्दा बंगलादेशी नागरिक हरुको जिडिबी धेरै माथी छ।हुन त दुबै देश भारतबाट छुट्टिर बनेका देशहरु हुन र पनि राष्ट्र राष्ट्रियता र जनजिविकाको सवालमा नेपाल भन्दा सबल देखिन्छन् पाकिस्तान र बंगलादेश ।नेपाली जनता राष्ट्रियताको सवालमा शासक भन्दा जिम्मेवार देखिन्छन् तर शासकले बेलाबखतमा गरेका राष्ट्रघाती सन्धि सम्झौता बाट त्रसित छन्।जनताको व्यापक दबावका कारण नयाँ नक्सा सन्सदबाट पारित भएको छ। अतिक्रमित भुभाग फिर्ता गरेर नेपाली जनता बिश्वको सामु खुशी साट्न चहान्छन् तर सासको व्यवहार प्रति भने नेपाली दाजु भाईहरु बिसस्त हुन सकेका छैनन्।कोर‍ोनालाई बिनासकारी महामारीका दृष्टिकोणले मात्रै हेर्नू हुदैन।यद्यपि कोरोनाको भयाबह परिस्थितिका बिचबाट प्रधानमन्त्रीले भन्ने गरेका नारा “समृद्ध नेपाल शुखी नेपाली “लाई पुर्णतामा बदले भने देशको विजय हुने छ।भोको पेटले राष्ट्रियता बचाउन लडेका नागरिकहरुको स्वाभिमानीको अौचित्यता तब पुस्टी हुनेछ। देश बनाउनको लागि ज्यान कुर्वानी गर्ने शहिदहरुको सपना साकार हुनेछ।हरेक चिजको अन्तय र सम्भावना विषम परिस्थितिकै गर्भमा लुकेको हुन्छ।प्रतिकुल समयलाई अनुकुल बनाउन सक्नुनै कुसल शासकको पहिचानहो।दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानलाई तहस नहस नगरेको भए सायद जापान यो अवस्थामा अाउन अझै केही समय लाग्थ्यो होला! अाज जापानिज कार मोटर देखी मेड ईन जापान लेखिएका हरेक बस्तुहरु हरेकका अाँखा लागग्छन्।तुलनात्मक रुपले विश्वकै देशहरु मध्य जापानलाई हेर्ने दृष्टिकोण र नजरिया हरेक देशका नागरिकको फरक छ।जापानिज बहुराष्ट्रिय कम्पनि द्वारा उत्पादित जापानिज सामानहरुको महत्व विश्वका जुनसुकै कुनामा अलग प्रकारको छ।ह्वाइट मनी भनिने(पानी )लाई ब्यबस्थापन राज्यले गर्न सकेको छैन।संसारकै सस्तो परियोजना अपर कर्णालिलाई भारतिय कम्पनी जि.एम.अार ले अोगटेर राखेको छ।उक्त परियोजना लाई स्वदेशी लगानीमा नै सन्चालन गर्नु देश हित अनुकुल छ।यदी स्वदेशी लगानिमा माथिलो कर्णाली परियोजना बनाउन सकेको खण्डमा बेरोजगार धेरै भन्दा धेरै युवाहरु स्वरोजगार हुनेछन् ।यदी कर्णाली प्रदेश र नेपाल सम्मुनत हुनुछ भने कुनै पनि हालतमा जि. एम.अार. संग गरियको पिडिए सम्झौता भङ्ग गरेर अगाडि बढ्नु नेपाल सरकारको बहादुरी हुनेछ।अाज राष्ट्रियतालाई सर्वपरी ठान्दै भारत र चिनको सिमा बिवादका कारण चिनियाँ उत्पादित सामान भारतमा प्रतिबन्ध लगाउने तथा भारतमा रेललाइन निर्माणको लागि सम्झौता भईसकेको चिनियाँ कम्पनिको ठेक्का बदर गर्ने काम भारतले गरेको छ। भारतले नेपाल माथी विभिन्न बहानामा नाका बन्दी लगाएर नेपाली जनतालाई सास्ती दिने काम गरेको छ र पनि हाम्रा सासकहरु भारत प्रति उदासिन देखिन्छन्।नेपाली कृषिले उत्पादन गरेका तरकारी फलफुल कुइयर खेर जान्छन् तर नेपालीको अायु घटाउने बिषादी युक्त फलफुल तरकारी नेपाल भित्र अायात गर्न नेपाल सरकार सहज वातावरण बनाउछ।भारतिय उत्पादनलाई निरुत्साहित गरेर स्वदेशी उत्पादनलाई सरकारले कहिले प्राथमिकता दिने ? हिजो बृष्ट्रिस इष्ट इन्डिया कम्पनीको पतन हिन्दुस्तान बाट भए पछि यदि महात्मा गान्धीले चर्खाको बिकास गरेर भारत लाई अात्मनिर्भर बनाउने बाटोमा अगाडि बढाए।बाहिरिने पुँजुलि लाई स्वदेशमै रोकेर उक्त पुँजिलाई देश विकासमा लगाउने वातावरण बनाए। भारतका हरेक ग्रामिण गाउँ गाउँमा चर्खाको बिकास गरेर गरिव भारतिय बेरोजगार जनतालाई स्वरोजगार बनाउने कार्यको थालनिगरे र भारत त्यसैको अनुसरण गर्दै अाज यो अवस्थामा पुग्न सफल भएको छ।त्यसैले नेपाललाई अात्मनिर्भर बनाउनको लागि हरेक गाउँलाई लक्षित गरेर स्वदेशी उत्पादनमा नगरिक लाई समाबेश गराउनु पर्छ।अल्लो बाट उत्पादन हुने सामानलाई अझै अाधुनिककरण गर्न जरुरी छ र सबैले अल्लो तथा स्वदेशी उत्पादनबाट उत्पादित भएका सामानलाई प्रयोग गर्ने नेपाली भावनाको विकास सबैको मनमा हुन जरुरि छ।यस्ले नेपाली राष्ट्रियता र नेपाली मौलिक्ताको पहिचान पनि झल्काउने छ।साना तथा मझौला उद्योग लाई पनि सरकारले बढवा दिनु पर्छ। जडिबुटीहरु किलो को हिसाबले बेच्छौ र तोलाको हिसाबले किन्ने परिपाटीको बिकाश भएको छ ।यसलाई तुरुन्त रोकेर प्रशोधन पश्चात् मात्रै बाहिर पठाउने वातावरण सरकारले बनाउनु पर्छ।काउलो सतुवा,खिरौल‍ो तथा संसारकै महंगो जडिबुटी यार्सागुम्बाबाट के बन्छ नत नेपालका जडिबुटी बिशेषज्ञ लाई थाह छ न त राज्य चलाउने शासक लाई नै।कौडिको भरमा जडिबुटी लाई बेचेर बिदेशीलाई मोटाउने सिबाए राज्य ब्यबस्थाले अरु केही गरेन त्यसैले सरकारले जडिबुटी प्रशोधन गरेर बाहिर निर्यात गर्नेकुरामा पहल कदमी गर्नु पर्दछ।अनिमात्रै देश समुनत र सम्वृद्ध हुन सक्छ।अब प्रधानमन्त्रीले उखान टुक्का गरेर होइन प्रयोगको विधिबाट खारिएर देशलाई रुपान्तरण गर्ने उच्च वलका साथ अघि बढ्नु पर्दछ। स्वदेश तथा बिदेश बाट अाउने बेरोजगार युवालाई बिकास निर्माण, उद्योग कलकारखना र कृषि पेशामा संलग्न बनाउनु पर्छ।अन्यथा यिनै बेरोजगार युवाहरुले भोलि अाउने चुनाबमा तपाईंहरुको लगाम खिचेर तख्ता पल्टाउने कुरामा दुईमत छैन।त्यसैले एक घण्टा निदायर ८ घण्टा सोच्न सरकारमा रहेका शासकले जरुरी छ र कोरोना महामारीले हाम्रो अगाडि चुनौती मात्रै दिएको छैन ईतिहास वनाउने स्वर्णिम अवसर पनि हाम्रो काँधमा सुम्पेको छ।

Sent from vivo smartphone

प्रकाशित मिति ४ माघ २०७७, आईतवार १५:०८
प्रतिक्रियाहरू
प्रमोद भण्डारी (हालत खराब) का चार मुक्तक

प्रमोद भण्डारी (हालत खराब) का चार मुक्तक
२०७७ फाल्गुण १४ गते शुक्रबार १०:४२

प्रेमहीन प्रेम दिवसका गुलावहरू

प्रेमहीन प्रेम दिवसका गुलावहरू
२०७७ फाल्गुण ५ गते बुधबार ०७:४४

गजल – गगन चुम्बन

गजल – गगन चुम्बन
२०७७ फाल्गुण ४ गते मङ्गलबार ०२:५०