यी हुन उत्कृष्ट १० गजलकारहरु

यी हुन उत्कृष्ट १० गजलकारहरु

हरिश जोशी

@Mayur Times

२०७७ पुस २७ गते सोमबार १२:२५

नेपाली गजलले पछिल्लो समय कति धेरै प्रगति गरेको छ भनेर देशका विभिन्न भुभागमा हुने कार्यक्रमले देखाइसकेका छन । यसर्थपनी नेपाली गजललाइ माया गर्ने र लेख्ने साथिहरुले खुशी मनाउनुपर्छ , हामी उत्साहित हुनुपर्छ । नेपालको जुनसुकै भुभागमा...

नेपाली गजलले पछिल्लो समय कति धेरै प्रगति गरेको छ भनेर देशका विभिन्न भुभागमा हुने कार्यक्रमले देखाइसकेका छन । यसर्थपनी नेपाली गजललाइ माया गर्ने र लेख्ने साथिहरुले खुशी मनाउनुपर्छ , हामी उत्साहित हुनुपर्छ । नेपालको जुनसुकै भुभागमा जतिसुकै कार्यक्रम भएपनी त्यसको पहिलो श्रेय नेपाली गजलका अभियन्ता बाबू त्रिपाठीलाई जान्छ । नेपाली गजलमा यो नाम ब्रान्ड नाम हो। नेपालमा पहिलोपटक महफिलको सुरुवात गरेर नेपाली गजललाइ यो अवस्थासम्म पुर्याउन उहाँको धेरै ठूलो देन छ । यदि महफिल संचालन नभएको भए नेपाली गजल आज यतैकतै रुमली रहेको हुन्थ्यो। यतैकतै बरालीरहेको हुन्थ्यो।

तिनै महफिलका संचालक तथा नेपाली गजलका महासेनानी बाबू त्रिपाठीले सुरु गरेको उत्कृष्ट १० गजलकारहरुको नाम आज सार्बजनिक भएको छ। नेपाली गजलको निम्ति यो कुम्भ मेला हुनेमा नेपाली गजल प्रेमी ढुक्क छन । आज सार्बजनिक गरिएका उत्कृष्ट १० गजलकारहरु यसप्रकार छन :-

(१) अमला अधिकारी–सिन्धुली
(२) आसा साकी बलायर–डडेलधुरा
(३) ईश्वर दाहाल–धनकुटा
(४) कृष्ण विरही–अछाम
(५) महेन्द्रचन्द माहासागर–दैलेख
(६)) रसिक राज–सल्यान
(७) विपिन सलामी–डोटी
(८) सङ्गीता थापा–मकवानपुर
(९) सुमन स्मारिका–कैलाली
(१०) हुकुम धड्कन–बाँके
यी नामहरु सार्बजनिक गरिएसँगै यिनै उत्कृष्ट १० गजलकारहरुको ग्य्राण्ड महफिल फाल्गुन ७ गते हुने छ, सोही दिन उत्कृष्ट १० गजलकारहरुलाइ पारिश्रमिक पनि प्रदान गरिने कुराको पनि जानकारी आएको छ ।

प्रकाशित मिति २७ पुष २०७७, सोमबार १२:२५
प्रतिक्रियाहरू
चुनौंतीको गर्भमा लुकेको अवसर।

चुनौंतीको गर्भमा लुकेको अवसर।
२०७७ माघ ४ गते अाईतबार ०३:०८

उत्कृष्ट १० गजलकारका १० गजल

उत्कृष्ट १० गजलकारका १० गजल
२०७७ पुस २८ गते मङ्गलबार ०७:४१

केही त गर्न नै पर्ने भो

केही त गर्न नै पर्ने भो
२०७७ पुस १९ गते अाईतबार ०७:३७

गजल – इतिहास लामिछाने

गजल – इतिहास लामिछाने
२०७७ पुस १९ गते अाईतबार ०३:४९