ह्वातै बढ्यो कुखुराको मासुको मूल्य, उपभोक्ता आश्चर्य चकित

ह्वातै बढ्यो कुखुराको मासुको मूल्य, उपभोक्ता आश्चर्य चकित

मयूर टाइम्स

@Mayur Times

२०७७ पुस २५ गते शनिवार ११:४३

राजनीतिक दल आपसी खिचातानीमा अल्झिएपछि बजार अनुगमन सून्य भएको छ । सरकारी निकायबाट अनुगमन नहुँदा व्यापारीले कुखुराको मासुमा अस्वभाविक मुल्य बढाएका छन् । कुखुराको मासुमा एक महिनाको बिचमा व्यापारीले प्रतिकेजी १ सय ४० रुपैयाँ सम्म...

राजनीतिक दल आपसी खिचातानीमा अल्झिएपछि बजार अनुगमन सून्य भएको छ । सरकारी निकायबाट अनुगमन नहुँदा व्यापारीले कुखुराको मासुमा अस्वभाविक मुल्य बढाएका छन् । कुखुराको मासुमा एक महिनाको बिचमा व्यापारीले प्रतिकेजी १ सय ४० रुपैयाँ सम्म बढाएका छन् ।

मंसिर महिनामा उपभोक्ताले प्रतिकेजी २ सय ८० रुपैयाँमा पाउने गरेको कुखुराको मासु अहिले प्रतिकेजी ४ सय २० रुपैयाँमा किनेर खानु परेको छ । बजारमा सरकारको उपस्थित नहुँदा विचौलियाले कुखुराको मासुमा मनपरी मुल्य बृद्धि गरी उपभोक्तालाई ठगी रहेको उपभोक्ताको भनाइ छ ।

राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रिय अध्यक्ष प्रेमलाल महर्जनले अनुगमन नभएकै कारण बजारमा विचौलियाको अराजकता बढेको बताए । विचौलियाले बजारमा कुखुराको मासुको मुल्य मनपरी बढाएर उपभोक्ता ठगेको बताए । बजार मुल्य नियन्त्रण गर्ने अधिकार पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजार अनुगमन नभएकै हुँदा बजारमा विचौलियाको अराजकता बढेको अध्यक्ष महर्जनको भनाइ छ ।

‘पछिल्लो समय होटेल व्यवसाय ठप्प छन् । पुस महिनामा कुनै विहे ब्रतबन्ध । अन्य समय भन्दा मासुको खपत पनि कम हुन्छ, । त्यसकारणले पनि अहिले कुखुराको मासुको मुल्य कम हुने पर्ने हो ।’ उनले भने, ‘ तर यहाँ उल्टो भएको छ । व्यापारीले दैनिक १० रुपैयाँका दरले कुखुराको मासुमा मुल्य बढाउने काम गरेका छन् । अघिल्लो महिना २ सय ८० रुपैयाँमा पाउने प्रतिकेजी कुखुराको मासुमा पुस महिना सुरु भए देखि मासुमा मुल्य बढाएर ४ सय रुपैयाँ देखि ४ सय २० रुपैयाँ लिन थालेका छन् ।’ यो खबर राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति २५ पुष २०७७, शनिबार ११:४३
प्रतिक्रियाहरू
डोलेश्वरमा महाशिवरात्रि मेलाको तयारी पूरा

डोलेश्वरमा महाशिवरात्रि मेलाको तयारी पूरा
२०८० फाल्गुण २४ गते बिहिबार ०६:२८

समाचार हुबहु सार्ने १८३ अनलाइन कारबाहीमा

समाचार हुबहु सार्ने १८३ अनलाइन कारबाहीमा
२०८० फाल्गुण १६ गते बुधबार ०९:५१

यस्तो छ, आजको मौसम

यस्तो छ, आजको मौसम
२०८० फाल्गुण १५ गते मङ्गलबार ०३:४१