ट्वीटरले यसकारण गरिदियाे डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द

ट्वीटरले  यसकारण गरिदियाे डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द

मयूर टाइम्स

@Mayur Times

२०७७ पुस २५ गते शनिवार ०८:०४

ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट (@realDonaldTrump) सधैंका लागि बन्द गरिदिएको छ । ट्रम्पका ट्वीटले अमेरिकामा हिंसा भड्किएको भन्दै ट्वीटरले उनको अकाउन्ट सधैका लागि बन्द गरिदिएको हो। After close review of recent Tweets from the @realDonaldTrump account...

ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट (@realDonaldTrump) सधैंका लागि बन्द गरिदिएको छ । ट्रम्पका ट्वीटले अमेरिकामा हिंसा भड्किएको भन्दै ट्वीटरले उनको अकाउन्ट सधैका लागि बन्द गरिदिएको हो।

After close review of recent Tweets from the @realDonaldTrump account and the context around them we have permanently suspended the account due to the risk of further incitement of violence.https://t.co/CBpE1I6j8Y

यसअघि केही समयका लागि मात्रै प्रतिबन्ध लगाएको उनको एकाउन्ट सधैंका लागि बन्द भएको हो ।

अकाउन्ट बन्द हुनुअघि ट्रम्पले ट्वीट गर्दै नवनिर्वाचित राष्ट्रपति जो बाइडनले पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रममा नजाने जनाएका थिए ।

नयाँ राष्ट्रपतिको शपथग्रहण समारोहमा निवर्तमान राष्ट्रपति उपस्थित भएर औपचारिक बधाई दिने लोकतान्त्रिक परम्पराविपरीत ट्रम्पले शुक्रबार ट्वीटरमार्फत् उक्त कार्यक्रममा नजाने जानकारी दिएका थिए। यसलाई ट्रम्पको अर्को अलोकतान्त्रिक आचरणका रूपमा लिइएको छ।

उपराष्ट्रपति माइक पेन्स भने शपथग्रहण समारोहमा उपस्थित हुन्छन् कि हुन्नन् यकिन छैन। उनले आफू समारोहमा जान इच्छुक रहेको जनाएका छन्।

ट्रम्पका समर्थकद्वारा बुधबार संसद भवनमा भएको हमलापछि नयाँ राष्ट्रपति बाइडनको शपथग्रहण कडा सुरक्षाबीच हुने अनुमान गरिएको छ।
उक्त घटनाका कारण ट्वीटर, फेसबुक, स्न्यापच्याट, इन्स्टाग्राम लगायत विभिन्न सामाजिक सञ्जालले ट्रम्पमाथि निषेध लगाएका थिए। करिब बाह्र घन्टापछि ट्वीटरले निषेध हटाएको थियो। त्यसलगत्तै ट्रम्पले एउटा भिडिओ सार्वजनिक गरेका थिए, जसमा उनले बुधबार भएको हिंसाको निन्दा गर्नुका साथै शान्तिपूर्ण रूपले सत्ता हस्तान्तरण हुने संकेत गरेका थिए।

प्रकाशित मिति २५ पुष २०७७, शनिबार ०८:०४
प्रतिक्रियाहरू