केही त गर्न नै पर्ने भो

केही त गर्न नै पर्ने भो

माधव ढकाल

@madhav Dhakal

२०७७ पुस १९ गते अाईतबार ०७:३७

कुनामा बसेर काम गरयो कसैले देख्दैन । सडकमा नपुगी कसैले लेख्दैन खेल खेल्दिन भन्दा भन्दै पनि खेल्नै पर्ने भा े। के गर्नु माथी पुग्न जाल झेल गर्न पर्ने भो । भोट हालेर मात्र नेताले चिन्दैन सिधासाधालाई पैसामा किन्दैन एउटा ब्यापार...

कुनामा बसेर काम गरयो कसैले देख्दैन ।
सडकमा नपुगी कसैले लेख्दैन
खेल खेल्दिन भन्दा भन्दै पनि खेल्नै पर्ने भा े।
के गर्नु माथी पुग्न जाल झेल गर्न पर्ने भो ।
भोट हालेर मात्र नेताले चिन्दैन
सिधासाधालाई पैसामा किन्दैन
एउटा ब्यापार त गर्ननै पर्ने भो ।
खरिद विक्रीको लागि बस्तु बन्नै पर्ने भो ।
कसले कस्तो काम गर्छ भनेर हेरेर बसे
यहाँ काम गर्नेको पनि विरोध
काम नगर्ने को पनि विरोध
माथि त पुग्नै पर्ने भो ।
पदको लागि चाकडी गर्ननै पर्ने भो
चुनाबमा भोट बेच्यो
त्यही भएर नेताले विकास बेच्यो ।
मर्ने पनि जनता मार्ने पनि जनता
उसको कमाई त्यति हो
फेसबुकमा हार्दिक श्रद्धान्जली भन्दे भो
पाटी फुटेपनि आन्दोलन
पाटी जुटे पनि आन्दोलन
चुनाब हारे पनि आन्दोलन
चुनाब जिते पनि आन्दोलन
फेरी पनि सडकमा टायर बल्ने भो
केहि त गर्ननै पर्ने भो ।

प्रकाशित मिति १९ पुष २०७७, आईतवार १९:३७
प्रतिक्रियाहरू
चुनौंतीको गर्भमा लुकेको अवसर।

चुनौंतीको गर्भमा लुकेको अवसर।
२०७७ माघ ४ गते अाईतबार ०३:०८

उत्कृष्ट १० गजलकारका १० गजल

उत्कृष्ट १० गजलकारका १० गजल
२०७७ पुस २८ गते मङ्गलबार ०७:४१

यी हुन उत्कृष्ट १० गजलकारहरु

यी हुन उत्कृष्ट १० गजलकारहरु
२०७७ पुस २७ गते सोमबार १२:२५

गजल – इतिहास लामिछाने

गजल – इतिहास लामिछाने
२०७७ पुस १९ गते अाईतबार ०३:४९