हेर्नुहाेस बजारमा अाजकाे सुनको कारोवार

हेर्नुहाेस बजारमा अाजकाे सुनको कारोवार

मयूर टाइम्स

@Mayur Times

२०७७ पुस १९ गते अाईतबार १२:५३

यो हप्ताको पहिलो दिन आइतबार सुन चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार सुन सोही मूल्यमा कारोबार भएको थियो। सुन आइतबार तोलाको ९५ हजार ५ सय रुपैयाँ र चाँदी तोलाको १३ सय रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...

यो हप्ताको पहिलो दिन आइतबार सुन चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार सुन सोही मूल्यमा कारोबार भएको थियो।

सुन आइतबार तोलाको ९५ हजार ५ सय रुपैयाँ र चाँदी तोलाको १३ सय रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि शुक्रबार सुन तोलामा चार सय रुपैयाँ बढेर तोलाको ९४ हजार ५ सय रुपैयाँ पुगेको थियो । आइतबार त्यही भाउमा घटबढ नभएको हो ।

अघिल्लो साताको पहिलो दिन आइतबार सुन तोलाको ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार सात सय रुपैयाँ बढेर ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार फेरि आठ सय रुपैयाँ नै घटेर ९४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार तोलामा १ सय रुपैयाँ बढेको सुनको मूल्य बिहीबार तोलामा १ सय रुपैयाँ नै घटेको थियो।

प्रकाशित मिति १९ पुष २०७७, आईतवार १२:५३
प्रतिक्रियाहरू