गजल – शिवराम गिरी

गजल – शिवराम  गिरी

शिवराम गिरी

@seeva Geeri

२०७७ पुस १८ गते शनिवार ०६:११

श्रिङ्गार पटार गर्ने खाली परे न त आपत सोचे भन्दा झनै काली परे न त आपत माया लाको अर्थ हुन्छ दुनियाँको आँखा छली बजार भरी पिटि झ्याली परे न त आपत सोझि होलि असल होलि भन्ने मेरो कामना कालीको मन झनै जाली परे न त आपत नगर भन्दा मान्दिन...

श्रिङ्गार पटार गर्ने खाली परे न त आपत
सोचे भन्दा झनै काली परे न त आपत

माया लाको अर्थ हुन्छ दुनियाँको आँखा छली
बजार भरी पिटि झ्याली परे न त आपत

सोझि होलि असल होलि भन्ने मेरो कामना
कालीको मन झनै जाली परे न त आपत

नगर भन्दा मान्दिन बोल्न राम्रो जान्दिन
झर्किएर गर्छे गाली परे न त आपत

सुख के हो ?बुझ्दिन दु:ख के हो? बुझ्दिन
बच्चा जस्तै ठोक्छे ताली परे न त आपत

प्रकाशित मिति १८ पुष २०७७, शनिबार १८:११
प्रतिक्रियाहरू