सहरी विकास मन्त्री प्रभु साह सवार गाडीकाे ठक्करबाट पैदलयात्री घाइते भएका छन् ।
शनिबार सर्लाहीको हरिवनमा मन्त्री साह सवार गाडीको ठक्करबाट पैदल यात्रु लालबन्दी नगरपालिका–८ का ३० वर्षीय बच्चु तामाङ घाइते भएका हुन् । घाइते तामाङकाे नमुना अस्पताल हरिवनमा उपचार भइरहेको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको साह सवार ना १ झ ३८४२ नम्बरको गाडी भने तामाङलाई ठक्कर दिएर भागेकाे छ । प्रत्यक्षदर्शीका जनता बहुमुखी क्याम्पसका स्ववियु सभापति प्रज्वल ढुंगानाका अनुसार झण्डा हल्लाउँदै आएको मन्त्री सवार गाडीले तामाङलाई ठक्कर दिएको थियो । दु’र्घटना लगत्तै घाइतेको उद्धार गर्न लाग्दा जिप भागेको उनले बताए ।
प्रकाशित मिति १८ पुष २०७७, शनिबार १५:१२