गजल – जितेन्द्र मल्ल

गजल – जितेन्द्र मल्ल

जितेन्द्र मल्ल

@jitendra malla

२०७७ पुस ८ गते बुधबार ११:१२

कहिले त जिन्दगीमा यस्तो चमत्कार होस् । न केही छुट्ने डर न कहीँ पुग्ने हतार होस् । डर पनि हट्यो र केही नयाँ सिकेर फर्किएँ, मलाई पानीमा धकेल्नेको जयजयकार होस् । जुत्ता मिल्काइदिएको छु अब कुनै साँध छैन, ए काँडा अब तेरो मेरो मिलन बारम्बार...

कहिले त जिन्दगीमा यस्तो चमत्कार होस् ।
न केही छुट्ने डर न कहीँ पुग्ने हतार होस् ।

डर पनि हट्यो र केही नयाँ सिकेर फर्किएँ,
मलाई पानीमा धकेल्नेको जयजयकार होस् ।

जुत्ता मिल्काइदिएको छु अब कुनै साँध छैन,
ए काँडा अब तेरो मेरो मिलन बारम्बार होस् ।

हजुरले मनपरी गर्नुहुन्छ मनपरी बोल्नुहुन्छ
यो पनि चाहनुहुन्छ अर्को मर्यादामा रहोस् ।

मेरा सन्ततिको भविष्य बेचेर अन्न जोहो गरेँ
आइबक्सियोस् हजूर पेटभरि ज्युनार होस् ।

प्रकाशित मिति ८ पुष २०७७, बुधबार ११:१२
प्रतिक्रियाहरू
उत्कृष्ट १० गजलकारका १० गजल

उत्कृष्ट १० गजलकारका १० गजल
२०७७ पुस २८ गते मङ्गलबार ०७:४१

यी हुन उत्कृष्ट १० गजलकारहरु

यी हुन उत्कृष्ट १० गजलकारहरु
२०७७ पुस २७ गते सोमबार १२:२५

केही त गर्न नै पर्ने भो

केही त गर्न नै पर्ने भो
२०७७ पुस १९ गते अाईतबार ०७:३७

गजल – इतिहास लामिछाने

गजल – इतिहास लामिछाने
२०७७ पुस १९ गते अाईतबार ०३:४९