पछिल्लो २४ घण्टामा ७४२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा १ हजार ७९ संक्रमित निको भएका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ७ हजार ९७६ छ । पछिल्लो २४ घण्टामा ७ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ७९५ पुगेको छ ।
मन्त्रालयका अनुसार ७ हजार ९७६ जना आइसोलेसनमा छन् ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म २ लाख ४४ हजार ७४३ संक्रमित निको भइसकेका छन् । तथ्यांक अनुसार कुल १८ लाख ७७ हजार १८१ पीसीआर परीक्षण गरिएको छ ।
प्रकाशित मिति ६ पुष २०७७, सोमबार १६:३०