ह्वातै बढ्यो सुनको भाउ, हेर्नुहोस् आजको सुनको मूल्य

ह्वातै बढ्यो सुनको भाउ, हेर्नुहोस् आजको सुनको मूल्य

मयूर टाइम्स

@Mayur Times

२०७७ पुस ६ गते सोमबार ११:३३

आज सुनको मुल्य कात्तिक महिना यताकै महङ्गो भएको छ । कात्तिक महिनाको २४ गते तोलाको ९८ हजार २ सय मा कारोबार भएको सुनको मूल्य उक्त महिनाको अन्तिम दिन ९५ हजार २ सय मा कारोबार भएको थियो । त्यस्तै मंसिर ३ गते ९५ हजार १ सय मा कारोबार भएको...

आज सुनको मुल्य कात्तिक महिना यताकै महङ्गो भएको छ ।

कात्तिक महिनाको २४ गते तोलाको ९८ हजार २ सय मा कारोबार भएको सुनको मूल्य उक्त महिनाको अन्तिम दिन ९५ हजार २ सय मा कारोबार भएको थियो ।

त्यस्तै मंसिर ३ गते ९५ हजार १ सय मा कारोबार भएको सुनको मूल्य त्यसपछिका दिनमा आजै महङ्गो भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलाको ९५ हजार २ सय र तेजावी सुन तोलाको ९४ हजार ७ सय मा कारोबार भैरहेको छ ।

यो मूल्य हिजो ९४ हजार ३ सय र ९३ हजार ८५० थियो ।

सुनको मूल्य उकालो लाग्दा चाँदीको मूल्य पनि उकालो लागेको छ ।

चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ५० रुपैंया बढेर १३ सय २० मा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति ६ पुष २०७७, सोमबार ११:३३
प्रतिक्रियाहरू