वाटमोर बने नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक

वाटमोर बने नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक

मयूर टाइम्स

@Mayur Times

२०७७ पुस ३ गते शुक्रबार ०५:५७

डेभ वाटमोर नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । वाटमोरलाई राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा नियुक्त गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार जानकारी दिएको छ । मुख्य प्रशिक्षकका लागि उनीसहित १० जनाले...

डेभ वाटमोर नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । वाटमोरलाई राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा नियुक्त गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार जानकारी दिएको छ ।

मुख्य प्रशिक्षकका लागि उनीसहित १० जनाले आवेदन दिएका थिए । श्रीलंकामा जन्मिएर अस्ट्रेलियामा हुर्किएका वाटमोर अस्ट्रेलियाका पूर्वक्रिकेटर हुन् भने उनको प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ को एकदिवसीय विश्वकप जितेको थियो।

उनको तलब मासिक १० हजार डलर आसपास हुने क्यान स्रोतले बताएको छ । यस्तै उनले आगामी जनवरीदेखि नेपाली टिमको प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन् । यसैगरी क्यानले पूर्वकप्तान विनोद दासलाई क्रिकेट म्यानेजर, रौनकबहादुर मल्ललाई महाप्रबन्धक र रमेशकुमार न्यौपानेलाई प्रमुख लेखा अधिकृतका रुपमा नियुक्त गरेको छ ।

प्रकाशित मिति ३ पुष २०७७, शुक्रबार ०५:५७
प्रतिक्रियाहरू