बालाचतुर्दशीमा पनि सुनसान पशुपति

बालाचतुर्दशीमा पनि सुनसान पशुपति

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर २८ गते अाईतबार ०८:४५

मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान गर्ने भक्तजनको भीड लाग्ने पशुपति क्षेत्र यस वर्ष सुनसान भएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको बेलुकी पशुपतिलगायत देशभरका शिवालयमा दीपदान गरी चतुर्दशीका...

मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान गर्ने भक्तजनको भीड लाग्ने पशुपति क्षेत्र यस वर्ष सुनसान भएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको बेलुकी पशुपतिलगायत देशभरका शिवालयमा दीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छरेर मनाइने बालाचतुर्दशी पर्वमा यस वर्ष पशुपति सुनसान भएको हो ।

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात हिजाे दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउने गरेकामा यस वर्ष पशुपतिनाथमा भने मेला नलाग्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

बाला चतुर्दशीमा लाखौँ भक्तजन पशुपतिमा आउने गरेकाले कोरोना फैलने डरले यस वर्ष दीपदान नगर्न अनुरोध गरिएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताउनुभयो । दीपदान गरी आइतबार बिहानै पितृको सम्झनामा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइन्छ ।

प्रकाशित मिति २८ मंसिर २०७७, आईतवार ०८:४५
प्रतिक्रियाहरू