विश्वमा भयावह बन्दै काेराेना, संक्रमितकाे संख्या ७ कराेड नाघ्याे

विश्वमा भयावह बन्दै काेराेना, संक्रमितकाे संख्या ७ कराेड नाघ्याे

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर २६ गते शुक्रबार ०२:०७

विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट संक्रमित हुनेकाे संख्या ७ कराेड नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शुक्रबार बिहानसम्म काेराेना संक्रमितकाे संख्या ७ कराेड ६ लाख ८१ हजार ५...

विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट संक्रमित हुनेकाे संख्या ७ कराेड नाघेकाे छ ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शुक्रबार बिहानसम्म काेराेना संक्रमितकाे संख्या ७ कराेड ६ लाख ८१ हजार ५ सय ५० पुगेकाे छ । काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या भने १५ लाख ८७ हजार ४ सय ६२ पुगेकाे छ ।

मृत्यु दर र सङ्क्रमित दर बढिरहेसँगै निकाे हुने दर पनि बढिरहेकाे छ । अहिलेसम्म कुल सङ्क्रमितमध्ये ४ कराेड ९१ लाख २९ हजार ३ सय ३९ जना भने उपचारपछि घर फर्किएका छन् ।

पछिल्लाे २४ घण्टामा मात्रै विश्वभर ६ लाख ५९ हजार ९ सय ४२ नयाँ संक्रमित भेटिएका छन् भने १२ हजार ५ सय २२ जनाकाे मृत्यु भएकाे छ । त्यस्तै पछिल्लाे २४ घण्टामा ४ लाख ५६ हजार उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित मिति २६ मंसिर २०७७, शुक्रबार १४:०७
प्रतिक्रियाहरू