यस कारण लगाए अाठ पाइलटलले प्याराग्लाइडिङ उडानमा रोक

यस कारण लगाए अाठ पाइलटलले  प्याराग्लाइडिङ उडानमा रोक

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर २६ गते शुक्रबार १२:४६

नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङमा हेलचेक्य्राइँ गरेको भन्दै आठ पाइलटलाई अनिश्चितकालका लागि उडानमा रोक लगाएको छ । सामाजिक सञ्जालमा भेटिएका भिडियोका आधारमा प्याराग्लाइडिङका क्रममा सुरक्षा–व्यवस्थामा हेलचेक्य्राइँ...

नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङमा हेलचेक्य्राइँ गरेको भन्दै आठ पाइलटलाई अनिश्चितकालका लागि उडानमा रोक लगाएको छ ।

सामाजिक सञ्जालमा भेटिएका भिडियोका आधारमा प्याराग्लाइडिङका क्रममा सुरक्षा–व्यवस्थामा हेलचेक्य्राइँ गरेको भन्दै प्राधिकरणले ती पाइलटलाई उडानमा प्रतिबन्ध लगाएको हो ।

यद्यपि, ८ जनामध्ये एकजना पाइलट नभई यात्रु भएको र अर्का व्यक्ति सोलो पाइलट मात्र भएकाले ६ जनासँग स्पष्टीकरण मागिएको छ ।

यही मंसिर ८ गते प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना भएर पाइलट राजु नेपालीको मृत्यु हुनुका साथै २८ वर्षीया यात्रु शिला श्रेष्ठ गम्भीर घाइते भएकी थिइन् । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पाइलटले फूल टिप्ने क्रममा सो दुर्घटना भएको देखिएको छ ।

यस घटनापछि प्याराग्लाइडिङको सुरक्षामा कडाइ गर्न लागिपरेको नागरिक उड्डयन प्राधिकरणले सामाजिक सञ्जालमा राखिएको भिडियोको आधारमा ६ पाइलटसँग स्पष्टीकरण मागेको

छ ।
https://www.lokpath.com

प्रकाशित मिति २६ मंसिर २०७७, शुक्रबार १२:४६
प्रतिक्रियाहरू