हेर्नुहाेस् आजकाे छापावाल सुनकाे मुल्य

हेर्नुहाेस् आजकाे छापावाल  सुनकाे मुल्य

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर २६ गते शुक्रबार १२:३०

साताको अन्तिम दिन अर्थात आज शुक्रवार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर रहेको छ । केहीदिनदेखि निरन्तर घट्ने क्रममा रहेको सुनको मुल्य आज भने रोकिएर हिजो बिहीबारकै मुल्यमा कारोबार भैरहेको हो । भोली शनिबार पनि यही मुल्यमा सुनचाँदीको...

साताको अन्तिम दिन अर्थात आज शुक्रवार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर रहेको छ ।

केहीदिनदेखि निरन्तर घट्ने क्रममा रहेको सुनको मुल्य आज भने रोकिएर हिजो बिहीबारकै मुल्यमा कारोबार भैरहेको हो ।

भोली शनिबार पनि यही मुल्यमा सुनचाँदीको कारोबार हुनेछ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन ९२ हजार ५ र तेजावी सुन ९२ हजार ५० मा कारोबार भैरहेको छ । त्यस्तै चाँदीको मुल्य पनि हिजोकै मुल्य अर्थात तोलाको १२ सय मा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

मंसिरमा महिनाको १५ गते तोलामा ९० हजारसम्म घटेको सुनको मुल्यपछि त्यसपछिका दिनमा सो भन्दा तल झरेको छैन ।

मंसिर महिनामा बढी विवाह समारोह हुने गर्दा सुनको कारोबार अन्य महिनाको तुलनामा बढी नै हुने गरेको छ ।

लकडाउनपछि सुस्त रहेको सुनबजार विस्तारै चलायमान हुन थालेको काठमाडौंको मैतिदेवीमा सुन पसल संचालन गर्ने सुवास लकान्द्रीले केटिएम दैनिकलाई बताए ।
ktm dainik

प्रकाशित मिति २६ मंसिर २०७७, शुक्रबार १२:३०
प्रतिक्रियाहरू