रहरमा प्रवास भासिएको युवाको बाध्यताको कहानी

रहरमा प्रवास भासिएको युवाको बाध्यताको कहानी

सुरेश जाग्री

@सुरेश जाग्री

२०७७ मङ्सिर २६ गते शुक्रबार ०८:०८

म सामान्य परिवारमा जन्मिएको मान्छे हुँ । म जन्मिनु भन्दा अगाडि दुइवटी दिदीको जन्म भइसकेको थियो । पुरुष प्रधान समाजमा दुइटी छोरी जन्मनु त्यति सजिलो थिएन । पुरुष प्रधान समाजमा आमालाई नारी भएर जन्मन निकै मुश्किल थियो । एकदिन आमाले...

म सामान्य परिवारमा जन्मिएको मान्छे हुँ । म जन्मिनु भन्दा अगाडि दुइवटी दिदीको जन्म भइसकेको थियो । पुरुष प्रधान समाजमा दुइटी छोरी जन्मनु त्यति सजिलो थिएन । पुरुष प्रधान समाजमा आमालाई नारी भएर जन्मन निकै मुश्किल थियो । एकदिन आमाले मसँग आफूले भोगेको दुख, कष्ट र अरूले लगाएको वचन, समाजमा आफ्नो भोग्नु परेको जिन्दगीको बारेमा कुरा गर्नु भएको थियो । अचे सम्झदा पनि मनमा चिसो पस्छ ।
कुरै कुराको सिलसिलामा एकदिन आमाले सुनाउनुभएको थियो, ‘छोरीलाई चिसो पस्छ यता भित्तो लगाइदिनु भन्दा बुबाले छोरो नजन्मिदासम्म केही गर्न पर्दैन भन्ने जवाफ फर्काउनु भएछ । अचेल म सोचिरहन्छु, त्यतिबेला मेरी आमाको अवस्था कस्तो थियो होला ? छिमेकीहरूले आमालाई बेलाबेलामा भन्दा रहेछन् यसको छोरो नै हुँदैन ।
तर पछि म जन्मिएपछि सबैको मुख बन्द भयो । त्यसपछि घरमा खुसीयाली छायो रहरै रहरमा हुर्कन थालेँ । अलि ठूलो भएपछि दिदीहरूसँंग स्कुल जान थालँे । स्कुल नजिकै थ्यो दिदीको बुइ चढेर जान्थेँ । लेख्न पढ्न त केही आउदैनथ्यो । ऊ बेला साना बालबालिकाहरूलाई लिटो पाइन्थ्यो त्यही लोभमा म नि सधै जसो गैराख्थेँ ।
पूरै दिन स्कुलमा त कहाँ बस्न सकिन्थ्यो आफ्नो स्वार्थ पूरा गर्न गएको मान्छे म लिटो खाएसी एक्लै घर कुदिहाल्थेँ । यस्तै दिनहरू बित्दै गए, म नि हुर्किदै गएँ । बिस्तारै कखरा चिन्न थालँे । मलाई कखरा सिक्न त्यति अप्ठ्यारो भएन किन कि दिदीहरू म भन्दा पहिला स्कुल गैसक्नु भएको थियो । झन् मेरा मेरा ठुला बा त्यही स्कुलमा परिचर थिए । हरेक ठाउँमा ठुलाबाले मलाई सहयोग गर्न थाल्नुभयो ।
म पनि बिस्तारै बुझ्ने भैसकेको थिएँ । कखरा सिकिसकेपछि बल्ल एक कक्षामा गएँ । किताब, कापी कलम नि एक कक्षामा गएपछि मात्र पाएको थिएँ । त्यो भन्दा पहिला काठको चिप्लो पिस जस्तोमा सेतो कमेरो र बाँसको चोयाले लेखेर कखरा सिकाको थे । घरमा कामको चापकै कारण म दुई कक्षामा पुग्ने बित्तिकै जेठी दिदीले स्कुल छोड्नु भयो । दिदीले घरमा आमालाई मेलापात गरेर सघाउन थालिन कान्छी दिदी र म भने एउटै क्लासमा थियौं । सँगै आउने जाने गथ्र्यौँ । पल्लाघरे दाइ तल्लाघरे भाइहरू पनि हामीसँगै जान्थेँ । उ बेला हाम्रो नि एक जम्बो टोली नै थियो ।
म हुर्किदै गएँ । प्रा.वि तह पास गरेर नि.मा.वि मा पढ्न सुरु गरेँ । नि.मा.विको पहिलो बर्ष जोइन गरेको डेढ महिनापछि हिउँदे बिदामा रहरै रहरमा इन्डिया जाने निधो गरियो
बाआमाले नजा भनेको सुन्न सकिएन रहर न हो बच्चाहरूको लहैलहैमा म इन्डिया भासिएँ ।
जिन्दगी र समय सोचेजस्तो नहुँदो रहेछ । काम पनि सोचेजस्तो थिएन । त्यता काम गर्न त्यति सजिलो थिएन किन कि घरमा त्यति काम गर्दैनथेँ । जे काम नि दिदीहरूले गर्नुहुन्थ्यो । यता आएपछि बाध्यताको खाडलमा नमिठोसँग भासिएँ । पीडा सहेर पनि काम गरे पैसा त के कुरो गर्नु त्यो बेला ऐलेको जस्तो थिएन । एक दिनको काम गरे वापत सुख्खा सय रुपैयाँ थियो । जसोतसो गरेर साढें दुइ महिना काम गरेँ । काम गरेको पैसाले घर परिवारलाई लत्ताकपडा पकाउने भाँडाकुडा ल्याएर फागुनमा घर फर्केँ । घर आएपछि फेरि स्कुल जान थालेँ चैत्रमा परिक्षा दिएँ । पास हुँदिन कि भन्ने लागेको थियो तर पास भएँ । त्यसपछि अझ स्कुल भर्ना भएँ । पढ्दै गएँ । पहिला रहले ईन्डिया गएको म त्यसपछि त बाध्यता हुन थाले ।
सधैं जसो हिउँदे बिदामा उतै जान थालेँ । मैले केही आफ्ना रहर केही परिवारको आवश्यकता पूरा गर्नु जो थियो । एकदुइ बर्ष यस्तै आउने जाने काम हुन थाल्यो । त्यसपछि आठ कक्षाको जिल्लास्तरीय परिक्षा हुन्छ भन्थे । पास भइन्न कि भनेर त्यो साल चै म ईन्डिया गइनँ । घरमै बस्नु पर्यो भनेर घरमै बसेँ । घरमा पनि पढ्नलाई त्यति सजिलो वातावरण नै थिएन कैले कसैको अर्मपर्ममा जानुपथ्र्यो । कतिबेला आफ्नै काम गर्नुपथ्र्यो ।
आजकल जस्तो गाउँमा सडक पुगेको थिएन । त्यो बेला नुन तेल गहुँ चामल ल्याउन घरबाट निकै समय लाग्थ्यो । आराम गर्नुपर्ने शनिबार चै यसैमा जान्थ्यो । ऐले चै जे होस् त्यो बोक्ने काम चै हटेको छ । केही विकास नभए नि गाउँमा सडक पुग्या छ सजिलो छ ।
समय आफ्नै गतिमा दगुडीरह्यो । परिक्षा हुने दिन पनि नजिकिदै आयो । जिल्लामा हुन्छ भनिएको परिक्षा आफ्नै स्कुलमा भयो यो चै अलि खुसीको कुरो थियो । परिक्षा दिएपछि मौनमा कौतुहलता जाग्यो । पास हुने कि नाइँ केही भरोसा थिएन । एक मन भन्थ्यो पास भइन्छ होला एक मन भन्थ्यो खै म भन्दा कस्ता कस्ताहरू त फेल हुन्छौ भनिराछन म के नै पास हुँला र लाग्थ्यो । केही महिनापछि रिजल्ट आयो ।
म रिजल्ट आएकै दिन चामल ल्याउन बाहिर गएको थिएँ । तल्लाघरे अंकल र म चामल ल्याएर घर नजिकै पुगेपछि एकजना मसंँगै पढ्ने केटि साथी देखिइन । मैले अंकललाइ भने उ हेर त अंकल फलानी आउँदैछिन उनलाई भेटम भनेँ । अङककले पनि नाइनास्ती गर्नुभएन । बसेको केही मिनेटमा केटि पुगिन र उनी हसिलो मुहारमा थिइन् म भने त्यसै नर्भस भको थेँ र सोधिहाले त्यो केटिलाई रिजल्ट कस्तो भो ? उनले हाँस्दै भनिन् म प्रथम भएँ फलानो द्धितीय भयो ,फलानो तृतीय भयो,फलानो सान्त्वना भयो अनि तिमी चै फेल भन्दै सुनाइन् । यो सुन्ने बित्तिकै म छाँगाबाट खसेजस्तै भएँ । मेरो समाउन हाँगो र टेक्ने धर्ती भासिएजस्तो लाग्यो ।

निन्याउरो मुख बनाउदै भने हिडनु अंकल भैगयो था भैहाल्यो रिजल्ट पनि यस्तै हो लेखेको पाइन्छ देखेको हैन भन्थेँ आज ह्या त लेखेको नि पाइएन् भनेर सरासर घर गयौं । घर पुगेपछि भारी छेउमा फालेर एकोहोरो झोक्राएर सोचिरहेँ म स्कुल फेल भएको मान्छे जिन्दगीको परिक्षा दिदा के पास हूँला र ? यस्तै यस्तै प्रश्न उब्जिरहे मनमा धेरैबेर सोचियो । सोच्दा सोच्दै आमाले आइजा भात खान धेरै थकान लाग्यो कि के हो ? झोक्राएर बसेको छ्स् त !हैन आमा त्यसो त्यति थाकेको छैन मेरो परिक्षा बिग्रेको रैछ फेल भएछु । आमाले यत्ती सुन्ने बित्तिकै हैन कसले भन्यो तँलाई तिम्रो दिदी त पास भयौं हामी दुइटै भैराथी त । आमाले त्यसो भने पछी अलि मुस्कुराउदै भनँ,े फलानीकी छोरी फलानी भन्दैथी रे अघि बाटोमा भेटेको यत्ती भनें। आमाले यो सुन्ने बित्तिकै त्यसो हैन दिदीले पास भयौं भनिराथी आएसी सोधौला है भनेर भन्नुभयो हस् भनेर भात खान खान थालेँ
खाइसक्ने बित्तिकै दिदी आइपुगिन दिदीलाई सोधें दिदी मेरो रिजल्ट के भो ? पास भइस् कान्छा राम्रै अंक आथ्यो तिम्रो त अलि मेरो चै बिषय लागेको रैछ गणितमा दुई नम्मर कम आएछ । मेरो जिन्दगीमा घाम उदायो । म पास भएको खबरभन्दा पनि दिदी फेल भएको कुराले मलाई नमज्जासँग दुखायो ।
मैले दिदीलाई भने, ‘अनि अब नौ कक्षा पढ्न पाइन्न होला नि ?’
उहाँले मलिन अनुहार लगाउँदै भन्नुभयो, ‘पाइन्छ भन्ने कुरा सुनेको छु ।’
दिदीको मलिन अनुहार देखेर मलाई नमज्जा लाग्यो । आफू पास भएकोमा खुसी उतिकै बढेको थियो तर म पास भएपनि फेल भयौ भनेर त्यो केटीले किन झुट बोलेकी होला ? मैले मनमनै सोचिरहेँ ।
अलि पछि पो थाहा पाएँ । त्यो केटीले मसँग मजाक गरेकी रहिछ ।
दिन बित्दै गएपछि भर्ना हुने दिन पनि नजिकिदै आयो । स्कुल भर्ना पनि भयौँ । भर्ना भएपछि सदा झै आउने जाने चलिरह्यो। एकदुइ महिना स्कुल जाने बित्तिकै घरकाहरूले बिहेको कुरो चलाउन थाले । अब त तेरो उमेर नि भयो बिहे गर्नुपर्छ तै संगका फलानो फलानोले बिहे गरिसके भनेर जिद्दी गर्न थाले । केही दिनसम्म त हुन्न भनेर टारेँ साह्रै जिद्दी गरेसी हुन्छ भनिदिएँ । परिवारलाई खुशीको सिमा थिएन तर मेरा लागि भने दुःखका दिनहरू सुरु भएका थिए । म आफुले आफुलाई नबुझेको मान्छेले अरूको छोरीलाई कसरी बुझ्ने ? फेरि उसको स्वभाव नि कस्तो छ ? माइती नि कस्ता छ्न कुन्नि ? यी र यस्तै कुराले दिनरात सताउन थाल्योे ।

उसलाई ल्याइसकेपछि घरको मान्छेले गर्ने व्यवहार कस्तो हुन्छ ? मैले उसलाई र उसले मलाई बुझे त ठिकै हो। नबुझे भने चै गाउँलेहरूले के भन्लान् ? छिमेकीले के भन्लान् ? आफ्नाहरूको रमिता हेर्न घुइँचो लाग्छ होला भन्दै सोचिरहेँ । नभन्दै समय बित्यो। अब फलानो दिन बिहे छ घरकाले भन्न थाले । हैन कसलाई ल्याउने कुरो गरेको मैले थाहै पाछैन भनेपछि बल्ल बुवाले भने फलानोको छोरी ल्याउन लागेको भन्ने जानकारी दिनुभयो । ए ! बुहारी त गतिलै खोज्नु भारैछ नि भन्दै फिस्स हासेँ । गाउँले केटी । अलि पहिला पनि उसलाई चिनेको भएर मलाई त्यति अप्ठ्यारो लागेन ।
बिहे भयो बिहे भएपछि पैला झै म स्कुल जाने आउने गर्थें । उनले घरको काम गर्ने गर्थिन । दिनचर्या यसरी नै बितिरह्यो । समाजले कुरा काट्ने थाल्यो । फलानोले त्यति सानो उमेरमा बिहे गरेर पछि बुझ्ने भएसी उसलाई कहाँ टेर्छ र ?बिचरिले दुःख पाउने भइन भनेर ।

एकदिनको कुरो हो । म स्कुलबाट आएर खाजा खाइरहेको थिएँ । उनी चै अलि झोक्याएर बसेकी थिइन् । मैले सोचँे, उनलाई सन्चो छैन होला ? उनलाई यस्तो हालतमा देखेर चुप रहन सकिनँ ।
मैले उनलाई धेरै पटक के भयो भनेर सोधिरहेँ । उनले भन्न मानिनन । त्यसो त उनी अलि लजालु स्वभावकी पनि थिइन् । उनी लाजले शीर झुकाएर बसिरहिन् मैले भनेँ,
किन आनाकानी गरेकी ? दुइ मुटुको एक धड्कन भएपछि पनि केको लाज सरम ?
उनले साउती मारेजस्तो गरेर भनिन्, आज मेलामा जाँदा गाउँलेहरूले हाम्रा कुरा काटिरहेकाथे । उनको कुराले मुटु चिसो भयो । तर पनि उनको अगाडि म बलियो देखिएँ । उनलाई गाउँका मान्छेको कुनै पनि कुरा नसुन्नु भनेँ ।
उनले फेरि भनिन, बुढो पढ्न जान्छ । उसकी बुढी अनपढ छ । कुन दिन छोड्छ त्यसले । यसले अब दुःख पाउने भई भनेर भन्दै थे । मैले उनलाई सकेसम्म सम्झाएँ । अरूका कुरा नसुन्नु भनेर भनिदिएँ ।
समय वित्दै गयो । पारिवारिक समस्याको जन्मालमा फसेँ । म फेरि हिउदे बिदामा उतै जाने निधो गरेँ । घरमा सबैले जानका लागि अनुमति दिनुभयो । तर पनि श्रीमतीको मायाले मलाई कमजोर बनायो ।

बेलुकाको खाना खाएर सुत्ने बेलामा उनी रुन थालिन् । मैले उनलाई छिटै आउँछु भनेर सम्झाएँ ।
उनले मेरो छातीमा टाउको राख्दै भनिन, ‘हजुर जस्तै उतै गएकाहरू कति त उतैबाट बेपत्ता हुनुभाछ रे हजुरको नि के भरोसा छ र ?’
मैले उनलाई सम्झाउँदै भनेँ, ‘त्यसो कहा हुन्छ र ? दिनभरी चारो खोज्न हिडेको चरी पनि बेल्का आफ्नै गुडमा आउँछ लाटी म त मान्छे न हूँ फर्की आइहाल्छु नि धेरै पिर नगर ।’ उनका मनमा अझ केही शङकाहरू थिए । मैले जेनतेन सम्झाएँ ।
छट्पटीमा रात कतिबेला वित्यो पत्तो पाइनँ ।
बहिर संसार उज्यालो भएपनि मेरो मन अँध्यारोमा भासियो ।
घर छोड्ने बेलामा सबैले अँध्यारो अनुहार बनाउनुभयो । म बाध्यताको बिचमा रहेर उज्यालो मुस्कुराएँ । घरबाट हिडेको तिनचार घन्टा हिडेपछि बल्ल बस पाइन्थ्यो । बस पनि भन्याबेला पाइदैन्थ्यो त्यो दिन च अलि छिट्टै बस पाइयो र गाउँलेहरू त बसमा चढेर उतै गयौं बाटोमा मनमा के के प्रश्न उब्जिए हिसाब किताब छैन उतिखेर लेखेको भए ऐले उपन्यास बन्थ्यो होला, कथा बन्थ्यो होला,कहानी बन्थ्यो होला तर त्यतिबेला केही लेखिएन ।
अहिले सम्झँदा पनि आफैँसँग रिस उठ्छ । दुइदिनको यात्रापछि काम गर्ने ठाउँमा पुगियो । काम हेरियो पहिलेको भन्दा ऐले चै अलि सजिलो भयो पहिला गै सकेको भएर पनि होला र्? घरको दुःख कष्ट पीडा सहेर काम गरेँ । त्यस्तै दुइतीन महिना काम गरेर पहिला झै घर आएँ । अरुलाई लत्ताकपडा ल्याएको थिएँ तर आफ्नै मान्छेलाई केही नल्याएको सोचे उस्ले जाने बेला भमराको के भर भन्या थ्यो यही भएर होला ।
घर पुगियो घरमा सबैभन्दा खुशी उ नै थिई । किन हो किन थाहा भएन सबैले आ–आफ्नो कपडा लगाएर र खुशी हँुदै भने मलाई त ठिक्कको ल्याइदिनु भएछ कस्तो राम्रो है यस्तै तितामीठा कुरा गर्दै गएँ । यतिकैमा आमाले भन्नुभयो सबैलाई कपडा ल्याको बुहारीलाई खै केही छैन त? यो सुन्ने बित्तिकै उनको जवाफ थियो भो मलाई पुरानै लुगा काफी छ सासुमा नयाँ चाहिदैन।मलाई लुगा भन्दा ठूलो उपहार त मेरोलागी हजुरको छोरो होनी हैन र आमा ?उहाँ सकुशल घर फर्किनु भो म यसैमा खुसी छु । यत्ति भन्ने बित्तिकै आमाले हाँस्दै भन्नुभयो हो नानी हो ।
म शुक्रबार घर पुगेको शनिबार सरसफाइ गरेर फेरि स्कुल जान थाले केही महिना पढेँ पछी परिक्षा सुरु भयो।पढ्न त के नै पढेको थेँ र दुईचार महिना पढेकैभरमा पास हुन्छु भन्ने आट थियो।रिजल्ट आयो रिजल्ट हेर्न भाईलाई पठाए । म कैले नि रिजल्ट हेर्न जादैन थिए मेरो पढाइ नै गतिलो थिएन अनि के हेर्न जानू भन्ने थियो भाइलाई भने जाउ भाइ हाम्रो रिजल्ट आछ रे हेरेर आउ भाईले रिजल्ट हेरेर आयो । दाइ यसपाली तपाईं तेस्रो हुनुभाछ भनेर भनेपछि लाग्यो हैन म कसरी तेस्रो भएछु जे होस् ठिकै भएछ भाइ भनेर भने । गाउँलेहरूले यसपटक चै अलि राम्रै प्रशंसा गर्न थाले छोरो होस् त फलानाको जस्तो । हिउँदे बिदामा ईन्डिया गएर पनि स्कुलमा पढाइ बिग्रेन तेस्रो भएछ । यो सुनेर अलिकति खुशी लाग्यो । खुशीभन्दा बढी त म दुखी भएँ । यसपाली तेस्रो भएर के गर्नु उच्च शिक्षा हाँसिल गर्न सकिन्न घरको अवस्था नाजुक छ् भन्ने सोच भयो । फेरि दशको भर्ना खुल्यो म नि भर्नाभए यसपाली चै अलि मिहेनत गर्नुपर्छ भन्ने सोच भएर पढियो । जन्मिइन छोरी जन्मेपछि झन जिम्मेवारी काधमा थपियो । ल ठिकै छ भन्ने सोच भयो जे हुन्छ मान्छेमा नै हो हुने भन्ने सोच भयो । केही दिने समय आयो । छोरीको न्वारान गरेर बाहुनलाई दक्षिणा दिनलाई नि ऋृण निकाल्नु पर्ने अवस्थामा गुज्रेका हामी कति दिन दशदिनको लागि बाहिर जानुपथ्र्यो ।

बालाई ऋृण निकालेर नि अब दिन जान पर्यो बा पैसाको जोहो गर्नु भनेपछि बाले भन्नुभयो हुन्छ कतैबाट निकालुला पछि तिर्नु तिमीले नै हो म त केही सक्दैन अब भन्नुभयो । मैले नि हुन्छ भने भोलिपल्ट दिदी र म क..िअ दिन उ पल्लो गाउँमा गयौं र परिक्षा दिएर फर्कियौ ं। उताबाट फर्किने बेला बाटोमा संँगैका साथीहरू कोही अब डाक्टर बन्नुपर्यो, कोही नर्स बन्नुपर्यो ,कोही कमर्स पढ्नु पर्यो कोही दकअ बन्नुपर्यो भनेर गफ लाउन थाले आफू भने चुपचाप तिनीहरूका गफ सुने पनि नसुनेझै गरेर घर फर्किए । तिनीहरूका गफ सुन्ने मेरो ल्याकित नै थिएन । घरमा पुगेँ बाले सोध्नु भयो परिक्षा कस्तो भयो तिमीहरूको?ठिकै भो दिदी पनि म संङै सिट हो पास भइन्छ होला भनेर भने त्यसपछि बुवाले त्यसो भा ठिकैछ भने ।

परिक्षा दिएको तीन महिनापछि रिजल्ट आयो म फस्ट डिभिजन पास भएको रैछु म दिदी पनि सेकेन्ड डिभिजन भएकी रैछिन । बुवाले सोध्नु भयो अब के गर्ने पास त भयौं उच्च शिक्षाका लागि के गर्ने ? मैले मलिन मुहार बनाएर भने के गर्न सकिन्छ छ र ? अब तपाईलाई ऋृणको भारी बोकाएर उच्च शिक्षा हाँसिल गर्न चाहान्न म । यत्ती सुनेर बुवाले भने ठिकै छ तिमीले त यत्ती गर्यौ मैले त यत्ती नि पढ्न सकिन अब घर व्यवहार चलाउ भन्नुभयो र मैले नि टाउको हल्लाउँदै हुन्छ भनिदिएँ । तर त्यो बेला मनमा के सोच आयो भने मैले आर्थिककै कारणले उच्च शिक्षा हाँसिल गर्न पाएन तर अबका भावी सन्ततिले पैसाकै कारण पढाइ रोक्नु हुदैन भन्ने आट पलायो । दिनहरू यस्तै बित्दै गए । उकाली ओराली गरेर । मैले उबेला उच्च शिक्षा हाँसिल गर्न नपाएकै कारण भाईलाई अहिले इन्जिनियर पढाइ रहेकोछु । किन कि मलाई त्यो समाजमा केही गर्नु थ्यो। आफू मरेर अरुलाई बचाउनु थ्यो ।

प्रकाशित मिति २६ मंसिर २०७७, शुक्रबार ०८:०८
प्रतिक्रियाहरू