नेपाल एयरलाइन्स र एयर इन्डियाले नियमित उडान गर्ने

नेपाल एयरलाइन्स र एयर इन्डियाले नियमित उडान गर्ने

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर २६ गते शुक्रबार ०५:४१

नौ महिनापछि नेपाल र भारतबीच नियमित हवाई उडानको बाटो खुलेको छ । नेपाल सरकारले नेपालको एक र भारतको एक वायुसेवा कम्पनीलाई उडानको अनुमति दिने निर्णय गरी सहमतिका लागि गरेको प्रस्ताव भारत सरकारबाट स्वीकार भएको हो । अब नेपालबाट नपाल...

नौ महिनापछि नेपाल र भारतबीच नियमित हवाई उडानको बाटो खुलेको छ । नेपाल सरकारले नेपालको एक र भारतको एक वायुसेवा कम्पनीलाई उडानको अनुमति दिने निर्णय गरी सहमतिका लागि गरेको प्रस्ताव भारत सरकारबाट स्वीकार भएको हो ।

अब नेपालबाट नपाल एयरलाइन्स र भारतबाट एयर इन्डियाले नियमित उडान गर्ने भएका छन् । नेपालस्थित भारतीय दूतावासका अनुसार उक्त एयरलाइन्सले कहिलेबाट उडान सुरु गर्ने भन्ने विषय स्वयं एयरलाइन्सलाई जिम्मा दिइएको छ ।

योसँगै नेपालबाट नेपाल एयरलाइन्सले दिल्लीका लागि र एयर इन्डियाले दिल्लीबाट काठमाडौंका लागि दैनिक एक÷एक उडान गर्नेछ । अब नौ महिनासम्म रोकिएका यात्रुहरुले नियमित यात्रा गर्न सक्ने भएका छन् ।

‘एयर ट्रान्सपोर्ट बबल स्किम’ कोरोना भाइरसको संक्रमणपछि मुलुकहरुले आफ्ना नागरिकलाई लैजान सक्ने गरी भारतले ल्याएको अवधारणा हो ।

अब यस स्किममार्फत् नेपाल आउने यात्रुहरुले यात्रा थाल्नु अगावै अन्तर्राष्ट्रिय ट्राभल अनलाइन फारम भर्नुपर्ने बताइएको छ ।
news 24

प्रकाशित मिति २६ मंसिर २०७७, शुक्रबार ०५:४१
प्रतिक्रियाहरू