तिम्रै कारण जताततै कोलाहल छाएको छ
रोगले भोक बिर्सी एकान्त बास आएको छ
तिमी नआएकै भए बेस हुन्थ्यो महामारी
आफ्नै सङ्गि छुन पनि मन यो डराएको छ
आफ्नै रफ्तारमा रहेको जिबनको मौसम
मनको उल्लास सबै बिरानमा हराएकोछ
कति प्यारो हुन्छ आफ्नो...
तिम्रै कारण जताततै कोलाहल छाएको छ
रोगले भोक बिर्सी एकान्त बास आएको छ
तिमी नआएकै भए बेस हुन्थ्यो महामारी
आफ्नै सङ्गि छुन पनि मन यो डराएको छ
आफ्नै रफ्तारमा रहेको जिबनको मौसम
मनको उल्लास सबै बिरानमा हराएकोछ
कति प्यारो हुन्छ आफ्नो मान्छे थाहा छ?
अनाहकमा कयौं आबोध मान्छे मराएकोछ
मर्नु छदैछ एकदिन, फरक रोग या भोकको
सबथोक बिचल्लीमा मन कति कराएको छ
तिमी नआएकै भए बेस हुन्थ्यो महामारी
तिम्रै कारण जताततै कोलाहल छाएको छ